प्रमुख जिल्ला अधिकारी पोख्रेल र पत्रकारहरु बीच छलफल

सल्यान ५, फागुन ।
सल्यानका प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेलले जिल्लाका पत्रकारहरु सँग परिचयात्मक तथा छलफल गर्नुभएको छ । भर्खरै प्रमुख जिल्ला अधिकारीको रुपमा सल्यान आउनुभएका उहाँले पहिलो पटक पत्रकारहरु संग छलफल गर्नुभएको हो । सोमबार जिल्ला प्रशासनमा भएको छलफल कार्यक्रममा जिल्लाको समसामयिक बिषयमा छलफल भएको थियो ।

सो अबशरमा प्रमुख जिल्ला अधिकारी पोख्रेलले सत्यतथ्यमा आधारित भएर कलम चलाउन पत्रकारहरुलाई सुझाव दिनुभएको छ । पूर्वाग्रही ढंगले कलम चलाउदाँ पत्रकारहरु माथी नै प्रश्न चिन्ह खडा हुने र यसले सही मार्गमा लैजान नसक्ने भएकाले स्वतन्त्र भएर कलम चलाउन सुझाव दिनुभएको हो ।


उहाँले आमनागरिकले महशुस गर्ने गरी जिल्लामा शान्ति सुरक्षाको प्रबन्ध मिलाउने पनि बताउनभयो । उहाँले जिल्लाको समग्र बिकासको लागी सबै क्षेत्र सँग समन्वय र छलफल गरेर अगाडी बढ्ने बताउनुभयो । छलफल कार्यक्रममा नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतिक इच्छुक शर्मा, सल्लाहकार सनत कुमार शर्मा लगाएत बिभिन्न सञ्चारमाध्ययममा आबद्ध पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस