दुर्गा बिसी,
सल्यान ६, फागुन ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर १ नाम्रामा बिजुली बत्तीको उद्घाटन गरिएको छ । प्रतिनिधिसभा सदस्य तथा पुर्वसमान्य प्रशासन मन्त्री टेकबहादुर वस्नेतले स्वीच थिचेर बिजुली बत्तीको उद्घाटन गर्नु भएको हो । गाउँमा बिजुली बत्ती पुगे पछि स्थानीय खुसी भएका छन् । जनप्रतिनिधिले चुनावी समयमा मतदाता विच वोलेको कुरा पूरा स्थानियको भनाई छ ।
गाउपालिमा बिजुली बत्ती पुगेसँगै गाउँका करिव ५० वढी घरधुरी लाभान्वित भएका छन् । बिजुली बत्तीको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य वस्नेतले लामो समयको प्रयासपछि गाउमा बिद्युक्त पर्याउन सफल भएको बताउनुभयो ।
सो अबशरमा नगर प्रमुख गोविन्द कुमार पुनले खानेपानी, पुल, वत्तिसँगै अन्य बाँकी काम पनि आफ्नै कार्यकालमा पुरा गर्ने घोषणा गर्नुभएको छ । वडासदस्य रविराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख मञ्जु यरी, नेकपा प्रदेश कमिटी सदस्य कृतिवहादुर पुन, नेकपा जिल्ला कमिटी सदस्य जनक घर्ती, पार्टी नगर सचिव गञ्जमान वुढा लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन स्थानीय अगुवा गोपिलाल आचार्यले गर्नुभएको थियो ।
सिम्ताको घोरेनीमा वत्ति वल्यो
सुर्खेतको सिम्ता गाउँपालिका वडा ६ को घोरेनीमा विजुलि वत्ति वलेको छ । प्रतिनिधिसभा सदस्य ध्रुवकुमार शाहीले वत्तिको स्वीच वालेर घोरेनीका स्थानीयका जनताको पहिलो आधार तय भएको बताउनुभएको छ । बिजुली बत्तीबाट यहाँका ४४ घरधुरी लाभान्वित भएका छन् ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सुर्खेतको २० लाख र सिम्ता गाउँपालिकाको ३० लाख लागतमा सो गाउँमा बिद्युक्त बिस्तार गरिएको हो । सो अबशरमा सिम्ता गाउँपालिका उपाध्यक्ष चन्द्रकला शाही, वडाअध्यक्ष राजेन्द्र सिंह ठकुरी, बिद्युक्त प्राधिकरण सुर्खेत प्रमुख टंकराज गिरी लगाएतको सहभागिता रहेको थियोे ।