सल्यानको श्रीनगरमा कर कार्यालय स्थापना हुदैँ

सल्यान ६, फागुन ।
सल्यानमा नै कर कार्यालय स्थापना हुने भएको छ । जिल्लाको शारदा नगरपालिका १ श्रीनगरमा यही फागुन महिना भित्रमा सेवा प्रवाह गर्ने गरी कार्यालय स्थापना गर्न लागिएको हो । बिगतमा जिल्लामा कर कार्यालय नहुदाँ कर्णाली प्रदेशमा पर्ने सल्यानका उद्यमी, ब्यबसायीहरु कर तिर्नको लागी प्रदेश नम्बर ५ को दाङ्ग तलसीपुर जानुपर्ने बाध्यता रहेको थियो ।

जिल्लामा रहेका उद्यमी तथा ब्यबसायीहरुको समस्यालाई ध्यानमा राखेर जिल्लामा नै कर कार्यालय स्थापना गर्न लागिएको हो । कर कार्यालय राख्न घर भाडाको लागी सोमबार आज देखी एक हप्ते निवेदन आह्वान गरिएको छ । यही महिनाको अन्तिम साता सम्म जिल्ला बाट नै सेवा प्रवाह गर्ने गरी कामको थालनी गरिएको कर कार्यालय दाङ्ग तुलसीपुरले जनाएको छ ।


प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेल, कर कार्यालय तुलसीपुरका प्रमुख कर अधिकृत लिला प्रसाद शर्मा र उद्योग बाणिज्य संघ सल्यानका अध्यक्ष वीर बहादुर चलाउने सहितको टोलीले छलफल गर्दै यही महिना देखी सेवा प्रवाह गर्ने गरी तयारी थालिएको हो । उद्योग बाणिज्य संघ सल्यानका अध्यक्ष चलाउनेले साना तथा लघुउद्यम, उद्योग, ब्यबसायको दर्ता, नविकरण, कर बुझाउने लगाएतका काम अब सल्यानबाट नै हुने जानकारी दिनुभयो ।

‘साना तथा लघुउद्यम, उद्योग, ब्यबसायीहरु प्रदेश नम्बर ५ मा जानुपर्दैन्, दाङ्गमा हुने भिडभाडबाट मुक्ति पाईन्छ, अब कर समबन्धी सम्पूर्ण कामहरु सल्यानमा नै हुन्छ’ उहाँले भन्नुभयो ‘जिल्लाको बजार अनुगमण देखी हरेक कामहरु प्रभावकारी रुपमा सञ्चालन हुन्छ ।’ कर कार्यालयमा एक जना कर अधिकृत सहित नायव सुब्बा, खरिदार, कम्यटर अपरेटर सहितका कर्मचारी हुने छन् ।

यसैबिच रोल्पाको चकचकेमा पनि कर कार्यालय स्थापना गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस