सुर्खेतको सिम्तामा शुद्ध खानेपानी घोषणा कार्यक्रम शुरु

दुर्गा बिसी
सल्यान ६, फागुन।
सुर्खेतको सिम्ता गाउँपालिका वडा ४ को सिमलगाउँ र वडा ८ को ठकुरी टोलबाट सुद्ध खानेपानी घोषणा कार्यक्रमको शुभारम्भ गरिएको छ । सिम्ता सुर्खेतको एक घर एक धारका लक्ष्यअनुरुप सो कार्यक्रमको सुरुवात गरिएको छ ।

स्थानीय,राजनीतिकदल,जनप्रतिनिधि र विभिन्नसंघ संस्थाहरुको भव्य उपस्थितिमा उक्त कार्यक्रमको सुर्खेत प्रतिनिधि सभा सदस्य ध्रुव कुमार शाहीले कार्यक्रम शुभारम्भ गर्नु भएको छ ।सिम्ताको सिमलगाउँमा र ठकुरी टोलमा एक घर एक धाराको काम सकिए पछि शाहीले शुद्ध खानेपानी कार्यक्रमको उक्त वडा र टोलमा पुगेर उद्घाटनसँगै शुद्ध खानेपानी घोषणा कार्यक्रमको काम अघि वढेको उद्घोष गर्नु भएको छ ।

आफु निर्वा्चित पश्चात् जनताकोे पहिलो आवश्यकता प्रती नजर पुगेको र तेहि अनुरुप काम अघि वढेको जनाउनु भयो ।जनताको पहिलो आवश्यकतामा आफ्नो नजर पुगेको उद्घोष गर्नु भयो ।तेहि तिव्रका साथ काम अघि वढेको जनाउनु भयो ।पुस्तौंदेखि नभएको विकास हाल आएर अघिवढिरहेको उहाँको भनाइ थियोे ।खानेपानी,विद्युत,शिक्षा,स्वास्थ र सडक सञ्जालको कामको गति अत्यन्तै आशातित तवरमा अघि गएको छ ।अवको केही समयमै नागरिकका अधारभुत समस्या सल्टिने शाहिको भनाइ छ ।त्यसै गरि सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसिले तिनै तहको साझेदारी र समन्वयमा सिम्ताको सम्वृद्दिमा आशा पलाएको जनाउँदै सिम्तालि जनताको मुल मन्त्र र मुख्य समस्या गरिबी निराकरण रहेको जनाउनु भयो ।

सम्वृद्द सिम्ता सुखि सिम्तालि भन्ने मुल उदेश्य अनुसार आफु दुर्त गतिमा कामकाज अघि वढेको वतनउनु भएको छ ।सिम्ताको उच्च भुभागका वस्तिमा नागरिकले विगत देखिको विकराल खानेपानी समस्या अब हल भएर जाने केसिको भनाइ थियो ।सो कार्यक्रम सिम्ता गाउँपालिका कर्णाली प्रदेशकै पहिलो घोषणा कार्यक्रमको सुरुवात भएको छ।सिम्ता गाउँपालिका र युनिसेफ संस्थाको साझेदारीमा सिम्ता गाउँपालिकाको वडा नं ४ को सिमलगाउ र वडा नं ८ को ठकुरी टोलमा एक घर एक धारा निर्माण गरि सुरक्षित खानेपानी समाजको घोषणा गरेको छ ।

उक्त कार्यक्रमको घोषणा समारोहमा प्रतिनिधि सभाका सदस्य माननीय ध्रुबकुमार शाही,उपाध्यक्ष चन्द्रकला शाहि लगाएत अन्नय सबै प्रतिनिधिहरुको उपस्थिति रहेको थियोे ।शुद्ध खानेपानी घोषणा कार्यक्रम पश्चात् त्यहाका नागरिकले पानी फिल्टर नगरी सिधै धाराबाट पानी खाने भएका छन्।सिम्ता गाउँपालिकाका ९ वटै वडाका प्रत्येक बस्तीहरुमा पनि यो कार्यक्रम लागू गर्दै लैजाने अध्यक्ष केसिको उद्घोष छ । यो कार्यक्रम लागू गर्ने कर्णाली प्रदेशकै पहिला स्थानीय तहमा सिम्ता गाउँपालिका परेको छ ।

प्रतिक्रिया दिनुहोस