बुद्धि पुन,
सल्यान ६, फागुन ।
सल्यानको त्रिबेणी गाउपालिकाले स्थानिय लोक संस्कृति संरक्षण अभियान सञ्चालन गरेको छ । गाउपालिका भित्र लोप हुन लागेका संस्कृतिहरुको संरक्षण गर्न गाउपालिकाले अभियान सञ्चालन गरेको हो । पुराना लोक कला र संस्कृतिको पुस्ता हस्तान्तरण नहुदाँ लोप हुन लागेको भन्दै गाउपालिकाले संरक्षण अभियान सञ्चालन गरेको हो ।
समाज विकास र समृद्धिको एउटा आधार कला र संस्कृति भएकाले यसको संरक्षण गर्नका लागी गाउपालिकाले स्थानिय लोक संस्कृति संरक्षण तथा प्रस्तुतिकरण कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष मान बहादुर डाँगीले बताउनुभयो । उहाँले यसले पुराना कला संस्कृतिको संरक्षणमा मद्धत पुग्ने बताउनुभयो ।
गत बर्ष जस्तै यस बर्ष पनि गाउपालिकाले कार्यक्रमको आयोजना गरेको हो । विकृति विरुद्ध सामाजिक सद्भाव, आपसी सम्मान र एकतालाई बलियो पार्दै समतामूलक समाज निर्माणका लागि कला र संस्कृतिलाई श्रम, उत्पादन र सुशासनमुखी अभियानमा लैजान यस कार्यक्रमले मद्धत पुग्ने उहाँको भनाई छ । कला र संस्कृतिको प्रर्वद्धधन र विकासका गाउपालिकामा रहेका बिभिन्न प्रस्तुतीहरु प्रर्दशन गरिएको थियो ।
लुहाममा मंगलबार आयोजित कार्यक्रममा बिभिन्न २१ वटा स्थानिय लहरे, पैसेरु, सोरठी, बन्गाडी टप्पा लगाएका बिभिन्न परम्परागत संस्कृतिहरुको प्रस्तुत गरिएको थियो । त्रिबेणीमा कृर्षि, पर्यटन, ब्यापार र पूर्वाधार ः गाउपालिकाको समृद्ध र बिकासको आधार भन्ने नाराका कार्यक्रमको आयोजना गरिएको हो ।