७० औँ प्रजातन्त्र दिवश

शब्द र बिचारमा राजनिति शुरु भयो ः पूर्वशिक्षा राज्यमन्त्री शाह

सल्यान ७, फागुन ।

पूर्वशिक्षा राज्यमन्त्री राजेन्द्र बहादुर शाहले अहिले देशमा शब्द र बिचारमा राजनिति शुरु भएको बताउनुभएको छ । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र लगाएतका बिभिन्न शब्दहरुले अर्थ के दिन्छ ? भन्दै त्यही शब्दमा नै राजनिति शुरु भएको उहाँले बताउनुभएको हो । ७० औँ प्रजातन्त्र दिवसका अबशरमा आज सल्यान खलंगामा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

देशमा लामो समयको प्रयास र आन्दोलनबाट मात्रै बिभिन्न उपलब्धी हात पारेको बताउदैँ उहाँले प्राप्त उपलब्धीहरुको संस्थागत गर्नु अहिलेको आबश्यकता भएको बताउनुभयो । ‘जहाँनियाँ राणा शासनविरुद्ध जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासक जनतासमक्ष घुँडा टेक्न बाध्य भई प्रजातन्त्र स्थापना भएको हो’ उहाँले भन्नुभयो ‘देशमा बिभिन्न उतारचढाव आएपनि अहिले भने सही मार्गमा अगाडी बढेको छ ।’

उहाँले संघिय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने मानिसहरुको जमात खडाभएको बताउनुभयो । देशमा प्रजातन्त्र घोषणा भएको ७० औँ बर्षमा आईपुग्दा लामो समय देखिको सङ्क्रमणकालबाट मुलुक सुशासन र विकासको दिशामा अग्रसर रहेको उहाँको भनाइ छ ।

जिल्ला समन्वय समितीका प्रमुख केश बहादुर बिष्टको अध्यक्षताका भएको कार्यक्रममा बोल्दै शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले प्रजातन्त्र बिधिको शासन भएकाले कसैलाई आखा, कसैलाई पाखा लगाएर काम गर्न नहुने बताउनुभयो । यस्तै प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेलले जनतालाई छिटो, छरितो र स्तरीय सेवा प्रदान गर्ने दायित्व सरकारको भएको र सोही अनुसार काम गरिरहेको बताउनुभयो ।

यस्तै नेपाली काँग्रेसका उपसभापति निम बहादुर वलीले राष्ट्रियताको संरक्षण र सम्र्बद्धनमा सरकारले बिशेष ध्यान दिन आबश्यक रहेको बताउनुभयो । जिल्ला समन्वय समिती सल्यानका उपप्रमुख हरि प्रकाश बुढाथोकीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ सल्यानका सहसचिव शिव डाँगीले गर्नुभएको थियो ।

प्रजातन्त्र दिवश जिल्ला मुल आयोजक समिती सल्यानको आयोजनामा भएको कार्यक्रम अन्र्तगत टुडिखेलबाट प्रभात फेरी निकालिएको थियो ।

प्रतिक्रिया दिनुहोस