सल्यान प्रहरीद्धारा यात्रु संग २ मिनेट कार्यक्रम सञ्चालन ।

सल्यान ७, फागुन ।

सल्यान प्रहरीले आज देखी यात्रु संग २ मिनेट कार्यक्रम सञ्चालन गरेको छ । समुदाय प्रहरी साझेदारी अन्र्तगत सवारी दुर्घटना न्यूनिकरणका लागी याुत्रसँग २ मिनेट कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सल्यान रुकुम खण्डमा चल्ने लामो दुरीका सवारीसाधनमा यात्रा गर्ने यात्रुहरु सँग चालक र सहचालकले गर्ने ब्यबहार, मापसे गरेर सवारी चलाएको नचलाएको लगाएतका बिषयमा यात्रुहरु सँग सोधिएको सल्यान प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक ढकेन्द्र खतिवडाले जानकारी दिुनभयो । यात्रुहरुले सो क्रममा चालक तथा सहचालकबाट त्यस्ता खालका गतिबिधि नभएको बताएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस