प्रजातन्त्र दिवशको अबशरमा प्रतियोगितात्मक कार्यक्रम सम्पन्न

सल्यान ८, फागुन ।
७० औँ प्रजातन्त्र दिवशको अबशरमा सल्यानको शारदा नगरपालिका वडा नम्बर १३ लेकटाकुरामा रहेको सिर्जनशिल प्राथामिक बिद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिएको छ । बिद्यालय प्रांगनमा आज हिसाव दौड लगाएतका बिभिन्न प्रतियोगिताहरु सञ्चालन गरिएको बिद्यालयका प्रधानाध्यापक झक्कु प्रसाद वलीले जानकारी दिनुभयो ।


बिद्यालयमा सञ्चालन गरिएको तातो आलु प्रतियोगितामा नञ्जित घर्ती मगर प्रथम, टोपेन्द्र बुढाथोकी द्धितिय र हिरा बस्नेत तृतिय, यस्तै हिसाव दौडमा रविन रावत प्रथम, यमुना टमाटा द्धितिय र बिपना घर्ती मगर तृतिय, छात्र हाईजम्पमा चित्र बहादुर बिक प्रथम, ओपेन्द्र बिक द्धितिय र दिपक नेपाली तृतिय तथा छात्रा हाईजम्पमा यमुना टमाटा प्रथम, रेमन्ता रोकाहा द्धितिय र बिपना घर्तीले तृतिय स्थान हासिल गर्नुभएको थियो ।

प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय भएका सबैलाई शैक्षिक सामाग्रीले सम्मान गरिएको थियो । बाल क्लवका अध्यक्ष चेतना घर्तीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक राजेन्द्र रावतले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस