प्रहरीद्धारा रेशमज्यूलामा रहेको अबैध गाँजा फडानी

सल्यान ८, फागुन ।
जिल्ला प्रहरी कार्यालय सल्यानले अबैध गाँजा फडानी गरेको छ । जिल्लाको शारदा नगरपालिका वडा नम्बर १२ रेशमज्युलामा रहेको अबैध गाँजा नष्ट गरेको हो । रेशमज्यूलामा प्राकृतिक रुपमा गाँजा उम्रिएको छ भन्ने खबर प्राप्त भएपछि पुगेको प्रहरी टोली गाँजा नष्ट गरेको हो ।


स्थानियको खेतवारीमा प्राकृतिक रुपमा उम्रेको गाँजाको बोटहरु नष्ट गरिएको छ । शारदा नगरपालिका १२ का वडाअध्यक्ष दिपक कुमार हमाल, प्रहरी, वृद्धिजीवि लगाएतको सहभागितामा गाँजा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस