महाशिवरात्रीको अबशरमा सल्यानका कुन कुन ठाँउमा मेला लाग्छ ?

सल्यान ८, फागुन ।
महाशिवरात्रीको अबशरमा सल्यानका बिभिन्न स्थानमा बिशेष मेला लाग्ने भएको छ । जिल्लाका छत्रेश्वरी मन्दिर छायाँक्षेत्र, देउराली कुठी लक्ष्मीपुर, शिव गुफा मोखला लगाएतका स्थानहरुमा महाशिवरात्रीको अबशरमा मेला लाग्दै छ । छत्रेश्वरी शक्तिपीठ छायाक्षेत्र मन्दिरमा सत्ययुगमा महादेवले सतिदेवीको मृत शरीर बोकी ब्रम्हान्डको भ्रमण गराउने क्रममा सतिदेवीका बाँकी रहेका सम्पूर्ण अंग पतन भएको श्रीस्वस्थानी व्रतकथामा उल्लेख छ ।

साथै यस स्थानमा पिचाशेस्वर महादेव र छत्रेश्वरी भगवती प्रकट भएको किम्वदन्तीमा उल्लेख छ । पशुबली नचड्ने मन्दिरको रूपमा प्रचलित यस छत्रेश्वरी शक्तिपीठ छायाक्षेत्रमा महाशिवरात्रीको अवसरमा मेला लाग्ने भएको छ । मेलाको लागि आवश्यक पर्ने सम्पूर्ण तयारी पूरा भयको छत्रेश्वरी शक्तीपीठ क्षेत्र विकास समितिले जनाएको छ । मन्दिरमा रङरोगन, सजावट, पार्किङ, बजार व्यवस्थापन, खानेपानी, बिजुली बत्ती, भक्तजनहरूका लागि भोजन, प्रसाद वितरण, सरसफाइ, सुरक्षा व्यवस्थापन लगायतका काम पूरा भएको छ ।


महाशिवरात्रिको दिन महादेवलाई पूजा गर्नाले घरमा सुख, शान्ति र पारिवारिक समृद्धि बढ्ने भन्ने धार्मिक विश्वास छ । त्यसैगरी अविवाहित महिलाले महादेवको पूजा गर्नाले राम्रो वर पाउने धार्मिक विश्वास छ ।

महाशिवरात्री कै अबशरमा जिल्लाको लक्ष्मीपरमा पनि मेला लाग्ने भएको छ । कालीमाटी गाउँपालिका–१, लक्ष्मीपुरको देउराली कुटीस्थित सतीदेवी शक्तिपीठमा मेला लाग्ने भएको हो । यस शक्तिपीठ कुटीमा दर्शन गरे मनोकांक्षा पूरा हुने जनविश्वास छ । यस्तै महाशिवरात्री कै अबशरमा शिब गुफा मोखलामा पनि मेला लाग्ने भएको छ ।

मेलामा जिल्ला भित्रका बिभिन्न ठाँउहरुका साथै दाङ, रुकुम, रोल्पा, सुर्खेत आदी जिल्लाहरु बाट पनि दर्शन गर्न आउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस