महाशिबरात्री : आज सार्वजनिक बिदा

सल्यान ९, फागुन ।
महाशिवरात्रि पर्व आज आराध्यदेव भगवान शिवको पूजाआजा गरी मनाइँदै छ । आज पशुपतिनाथ सहित मुलुकभरका शिवालय एवं महादेव मन्दिरमा दर्शनपूजनका लागि श्रद्धालुहरुको घुइँचो लागेकोे छ ।

फागुन कृष्णपक्षको चतुदर्शी तिथिमा मनाइने महाशिवरात्रि पर्वमा भगवान शंकर यस लोकमा प्रकट हुनुभएको शास्त्रमा उल्लेख छ । यसैबिच महाशिबरात्रीको अबशरमा सरकारले आज मुलुकभर सार्वजनिक बिदा दिएको छ । नेपाल सरकारले शिवरात्रीको अवसरमा सार्वजनिक बिदा दिएको हो । आज सरकारी कार्यालय, शिक्षण संस्थासहितका कार्यालय बन्द रहने छन् ।

सेना दिवस समेत पर्ने शिवरात्रीमा सरकारले हरेक वर्ष बिदा दिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस