जनताको आर्थिक स्रोत वुद्धि गर्ने कार्यक्रम सञ्चालन गर्नुहोस : मुख्यमन्त्री शाही

दुर्गा बिसी,
सल्यान १०, फागुन ।
नेपाल भ्रमण वर्ष २०२० को उपलक्ष्यमा सुर्खेत सिम्ता गाउँपालीकाको पर्यटकिय क्षेत्र कोटको थुम्का कोटश्वर मन्दीरमा महाशिवरात्री महोत्सव आयोजना गरिएको छ । उक्त महोत्सवको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले गर्नु भएको छ । सिम्ताका पर्यटकिय क्षेत्र कोटको थुम्कामा रहेको कोटेश्वर मन्दीरलाई प्रचार प्रसारका लागि वर्षेनी मेला तथा महोत्सवको आयोजना गर्ने गरिएको छ ।

महाशिवरात्रीको अवसरमा मेलासँगै विभिन्न खेलकुद र संस्कृतिक कार्यक्रमको समेत आयोजना गर्ने गरिएको छ । कार्यक्रमका मुख्य अतिथी महेन्द्र वहादुर शाहीले सिम्ता कर्णाली प्रदेशकै नमुना गाउँपालीका भएको जनाउनु भएको छ । अधिकांस समय गाउँपालीका अध्यक्ष कविन्द्र कुमार केसीकै प्रसंसामा उहाँको मन्तव्य रहेको थियो । मुख्य मन्त्री शाहीले सिम्ताको शिक्षा,स्वास्थ्य,सडक सञ्जाल,खानेपानी र विद्युतमा भएको प्ररारम्भिक विकास प्रति निकै खुसी व्यक्त गर्नु भएको छ ।


सिम्ताको विकासका लागि ३ नै तहको साझेदारीमा अध्यक्ष केसीको रोडम्याप अनुसार काम अघि वढाउने उहाँको प्रतिवद्धता थियो । सिम्ता गाउँपालीकाले लिएको लक्ष्य अनुरुप साझेदारिक रुपमा काम गर्ने उहाँको घोषणा छ । सिम्ता सम्वृद्धिको लक्ष्यलाई सफल पार्न प्रदेश सरकारको तर्फबाट हुने गर्ने सहयोगमा कहिँकतै कन्जुस्याई नहुने जनाएको छ । स्थानीय सरकारहरु धेरै ठुला सपना वुन्ने भन्दा जनताको आर्थिक श्रोतको वृद्धि तर्फ ध्यान दिन आग्रह गरिएको छ ।

कर्णाली प्रदेशका पालीका तथा स्थानीय तहहरुले मुख्यत जनताको आर्थिक वृद्धि र आर्थिक स्रोत उपार्ज गर्ने माध्यममा वढि ध्यानदिनु पर्ने वताएको छ । अन्य विकास निमार्णमा प्रदेश र संघिय सरकारबाट हुने भएकोले स्थानीयहरुले भने वढि भन्दा वढि नागरिकको जिवन स्तर माथि उकास्ने कार्यक्रममा गर्न जरुरी रहेको कुरा औल्याएको थियो ।

सोहि अवसरमा विशेष अतिथी संघिय संसद धु्रवकुमार शाही र प्रदेश संसद ठम्मर विष्टले पनि ३ तहका सरकारले विकासमा हातेमालो गरि अघि वढ्ने कुरामा जोड दिनु भएको थियो । देशमा ३० वर्षमा हुन नसकेको विकास ३ वर्षमै फटको मारेको विष्टको भनाई थियो । अझै विकासले तिव्रता दिन सकिरहेको छैन तर पनि विगत देखि अघि वढ्न नसकेका हरेक योजनाले तीव्रता लिईरहेको उहाँको भनाई थियो ।

गाउँपालीका अध्यक्ष केसीले सिम्ताको विकासमा अल्झेका ठुला गौरवका योजना र गाउँपालीकाको आर्थिक पहुँच भन्दा माथिका ठुला विकासे काममा संघ सरकार प्रदेश सरकारलाई साझेदारी गरिदिन आग्रह गर्नु भएको थियो ।

महाशिवरात्री महोत्सवमा छिमेकि जिल्ला जाजरकोट, सल्यान लगाएतका क्षेत्रबाट विभिन्न नगरपालीका हुदै गाउँपालीका उपाध्यक्षहरुको सहभागिता रहेको थियो । कोटको थुम्को संरक्षण समितिका अध्यक्ष रुद्रवहादुर वस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन नेत्र महताराले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस