सल्यान १०, फागुन ।
सल्यानमा सुरक्षित यात्राका लागी प्रहरी कार्यक्रम सञ्चालन गरिएको छ । सवारी दुर्घटना न्यूनिकरणका लागी यात्रु संग २ मिनेट कार्यक्रम सञ्चालन गरिएको सल्यानमा शुक्रबार देखी सुरक्षित यात्राका लागी प्रहरी कार्यक्रम सञ्चालन गरिएको हो । छत्रेश्वरी गाउपालिका सल्यान र जिल्ला प्रहरी कार्यालय सल्यानको आयोजना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानको समन्वयमा कार्यक्रम शुरु गरिएको हो ।
कार्यक्रम अन्र्तगत जिल्लामा सञ्चालन हुने सबै सार्वजनिक सवारी साधनहरुमा अब देखी सुरक्षित यात्राका लागी स्ट्रिकर टाँस्न शुरु गरिएको हो । यात्रुहरुको सुरक्षित यात्राको लागी एक गाडी एक स्टिकर टाँस्ने अभियान सञ्चालन गरिएको सल्यान प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।
खास गरेर ट्राफिक नियमको पालना गराउने र यात्रुहरुलाई सजक बनाउन यसले मद्धत मिल्ने उहाँको भनाई छ । स्टिकरमा जिल्ला स्थित सम्पूर्ण प्रहरी कार्यालयका नम्बर पनि रहेका छन् । सडक सवारी दुर्घटनालाई न्यूनिकरण गर्न यो अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ । स्टिकरको सुरक्षाको जिम्मेवारी चालक तथा सहचालकले लिने छन् ।
‘यात्रा गरिरहेको गाडीमा महिला माथि यौन हिंसा तथा दुब्र्यबहार भएमा, चालक तथा सहचालकले मापसे गरेमा, अभद्र ब्यबहार गरेमा, बढी भाडा लिएमा, क्षमता भन्दा बढी यात्रु बोकेमा पनि प्रहरीलाई खबर गर्न सक्नुहुन्छ’ उहाँले भन्नुभयो ‘लामो दुरीमा एकै चालकले मात्र सवारी चलाएमा, शंकास्पद ब्यक्ति तथा बस्तु देखिएमा, ट्राफिक नियमको उल्लंघन भएमा पनि प्रहरीलाई खवर गर्नुहोस ।’
यस सँगै सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्षलाइ सफल पार्न स्टिकरले महत्वपूर्ण भूमिका खेल्ने छत्रेश्वरी गाउपालिका अध्यक्ष सन्तोष केसीले बताउनुभयो । स्टिकरमा घुम्न जाऔँ सल्यानका साथै छत्रेश्वरी शक्तिपिठ, सल्यानको अग्लो जथाक लेक, शंखमुल, खैरावाङ्ग मन्दिर तथा कुपिण्डे तालका फोटोहरु पनि समावेश गरिएको उहाँको भनाई छ ।