नेपाल राष्ट्रिय शिक्षक संगठन बनगाडको नगर परिषद तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

दुर्गा विसी
सल्यान १०,फागुन
सल्यानको बनगाड कुपिण्डे नगरपालिका राष्ट्रिय शिक्षक संगठनको दोस्रो नगर परिषद तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।बनगाड कुपिण्डे नगरपालिका भित्रका करिव १ सय वढि नेपाल राष्ट्रिय शिक्षक संगठनमा आवद्ता शिक्षकहरुको भेला भएको थियोे । नगर परिषद तथा प्रशिक्षण कार्यक्रम नेपाल राष्ट्रिय शिक्षक संगठन नारद घर्तीको अध्यक्षतामा भएको कार्यक्रम जिल्ला तथा प्रदेशका महासंघ तथा संगठन पदाधिकारीहरुको सहभागीता रहेको थियो ।

नेपाल राष्ट्रिय शिक्षक संघठन कर्णाली प्रदेश उपाध्यक्ष अकबर पुनको प्रमुख आतिथ्यतामा भएको नगर परिषद तथा प्रशिक्षण कार्यक्रम शिक्षक महासंघ कर्णाली प्रदेशका उपाध्यक्ष मधुसूदन शर्मा,सल्यान जिल्ला महासंघ अध्यक्ष मधुसूदन गिरि,संगठनका जिल्ला अध्यक्ष किशोर हमाल,दिपा वलि,कमला आचार्य,भोला पुन,शिखर कुमार यरि लगाएतका शिक्षक नेताहरूले मन्तव्य तथा धारणा राख्नु भएको थियोे ।

परिषदमा उपस्थित नेपाली राष्ट्रिय शिक्षक संगठनका सदस्यहरुले संगठनको गतिविधिका वोमा रिपोर्टिङ गरेका थिए ।पेसागत शिक्षक नेताहरूले संगठनको कार्यदिशा र हालको अवस्था र एकताको अवस्था वारेमा अवगत गराएको जनाएको छ । संगठनका नगर सचिव छवि पुनले कार्यक्रमको सहजिकरण साथै संगठानिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस