सल्यानको श्रीनगरमा सञ्चालित प्रादेशिक महोत्सव दुई दिन थप

सल्यान ११, फागुन ।
सल्यानमा सञ्चालित प्रादेशिक कृर्षि, पर्यटन, उद्योग, ब्यापार तथा साँस्कृतिक महोत्सव २ दिन थप भएको छ । जिल्लाको शारदा नगरपालिका १ श्रीनगरमा गत माघ २९ गते देखी शुरु भएको महोत्सव फागुन ११ गते आईतबार समापन गर्ने भनिए पनि मौषमी प्रतिकुलता र दर्शकहरुको माग अनुसार २ दिन थप गरिएको उद्योग बाणिज्य संघ सल्यानले जनाएको छ ।

शुक्रबार र शनिबार पानी परेका कारण महोत्सव सञ्चालनमा समस्या भएपछि सोमबार र मंगलबार सञ्चालन गर्न लागिएको सल्यान उद्योग बाणिज्य संघ सल्यानका अध्यक्ष बीर बहादर चलाउनेले जानकारी दिनुभयो । ‘कृषि, पशु, वन, उद्योग, ब्यापार, पर्यटन बिकासको परिकल्पना, ब्यबसायीकरणद्धारा आर्थिक उन्नती गरी समृद्ध समाजको स्थापना’ भन्ने मुल नाराका साथ महोत्सवको आयोजना गरिएको हो । स्थानिय उत्पादनको प्रर्बद्धन र बजारीकरण गर्ने उद्धेश्यले महोत्सवको आयोजना गरिएको अध्यक्ष चलाउनेको भनाई छ ।


महोत्सवमा बिभिन्न बस्तु, उत्पादन तथा सेवाका एक सय बढी स्टलहरु रहेका छन् । जिल्लामा सञ्चालित महोत्सवमा दर्शकहरुको भिड लागेको छ । आईतबार गायक प्रमोद खरेल, अमित परियार, नेत्र भण्डारी, गायीका अनु राणा मगर, हास्यकलाकार प्रकाश कडेँल लगाएतका कलाकारहरुको प्रस्तुती रहेको थियो भने करिब १३ हजार बढी दर्शकहरुले महोत्सवको अबलोकन गरेका थिए ।

यस्तो सोमबार नायक दिलिप रायमाझी, गायीका टिका सानु, हाँस्यकलाकार भटभटे माइला, गायक बिरेन्द्र खड्का, मोडेल दिपाशा बिसी लगाएतका कलाकारहरुको प्रस्तुती रहने छ । करिब ५ करोड बराबरको कारोवार गर्ने लक्ष्य सहित सञ्चालन गरिएको महोत्सव अबधि भर करिब १ लाख दर्शकले अबलोकन गर्ने आयोजकको दावी छ ।

प्रतिक्रिया दिनुहोस