रेडियो शारदा एफ.एम. सल्यान १२ औँ बर्षमा प्रवेश

सल्यान १२, फागुन ।
ग्रामिण बिकास सञ्चार केन्द्र सल्यानद्धारा सञ्चालित रेडियो शारदा एफ.एम.ले आज बार्षिकोत्सव मनाउदैँ छ । आफ्नो प्रशारण शुरु गरेको ११ बर्ष पुरा गरेर १२ औँ बर्षमा प्रवेश गरेको अबशरमा बार्षिकोत्सव मनाउन लागेको हो । स्थापना दिवसको अवसरमा सोमबार रेडियोले शुभकामना आदानप्रदान सँगै अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।


सामुदायिक रेडियोको अबसर र चुनौती बिषयक अन्तरक्रिया कार्यक्रम गर्न लागिएको रेडियोको स्टेशन मेनेजर प्रतिक ईच्छुक शर्माले जानकारी दिनुभयो । २०६५ साल फागुन १२ गते बाट प्रशारणमा आएको रेडियो शारदाले नागरिकहरुका आवाज बिहिनका आवाजहरुलाई समेटनुका साथै सत्य तथ्य सुचना र समाचारलाई प्रशारण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस