‘सञ्चार माध्यमले नागरिक र राज्य बीचको पुलको काम गर्नुपर्छ’

सल्यान १२, फागुन ।
सञ्चार माध्यमहरुले नागरिक र राज्यका बीचमा पुलको काम गर्नुपर्ने सल्यानमा आयोजित एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । उनीहरुले कुनाकन्दरामा लुकेर रहेका नागरिकका आवाज राज्य सम्म पुर्याउने र राज्यले प्रदान गर्ने सेवा सुबिधा तथा जनचासोका बिषयहरु नागरिक कहाँ पुर्याउन सञ्चार माध्यमले पुलको काम गर्नुपर्ने बताएका हुन् ।

ग्रामिण बिकास सञ्चार केन्द्र सल्यानद्धारा सञ्चालित रेडियो शारदा एफ।एम। ९९।२ मेगाहर्जको ११ औँ बार्षिकोत्सवका अबशरमा सोमबार नेपाल पत्रकार महासंघ सल्यानको हलमा आयोजना गरिएको सामुदायिक रेडियोको अबशर र चुनौती बिषयक अन्र्तक्रिया कार्यक्रmममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती सल्यानका प्रमुख केश बहादुर बिष्टले रेडियोले जिल्ला तथा आसपासका क्षेत्रहरुमा भए गरेका घटना तथा सुचनाका बारेमा नागरिक माझ पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । नागरिकलाई जागरुक बनाउन र राज्यलाई खवरदारी गर्न सञ्चार जगत तथा पत्रकारको भूमिका अहम् भएको उहाँको भनाई छ ।


यस्तै त्रिबेणी गाउपालिकाका अध्यक्ष मान बहादुर डाँगीले स्थानिय स्तरमा रहेका नागरिकका आवाजहरु बाहिर ल्याउन गाँउ गाँउमा रिपोर्टर हुन आबश्यक रहेको बताउनुभयो । मिडिया र स्थानिय सरकार बीचमा सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै उहाँले पछिल्लो समयमा भएको ब्यबस्था परिवर्तन सँगै मिडियाहरुको अबस्था, आचरण र प्रबिधिमैत्री बन्न आबश्यक रहेको बताउनुभयो ।

यस्तै प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेलले नागरिकको माग र समयको बेग सँगै परिवर्तन हुन मिडिया तथा मिडियाकर्मीहरुलाई सुझाव दिनुुभयो । सामुदायिक रेडियोमा सरकारको पनि त्यति धेरै लगानी नभएको अबस्थामा सामुदायिक रेडियोले गरेको कामको उहाँले प्रशंसा गर्नुभयो ।

यस्तै कार्यक्रममा बोल्दै जिल्ला हुलाक अधिकृत धिरेन्द्र भण्डारीले सामुदायिक रेडियोले आवाज बिहिनको आवाजको रुपमा काम गर्नुपर्ने बताउनुभयो । ग्रामिण बिकास सञ्चार केन्द्र सल्यानका सचिव दिपक शर्माको अध्यक्षतामा भएको कार्यक्रममा मिडिया सँग सम्बन्धित सरोकारवालाहरुको सहभागिता रहेको थियो । गोपाल शर्माको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन सरिता चलाउनेले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस