सल्यानमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

सल्यान १४ , फागुन
सल्यानमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्लाको सिद्ध कुमाख गाउँपालिका वडा न १ निवासी २९ वर्षीय रमेश बुढाथोकीको घटनास्थलमै मृत्यु गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बिहान मोख्लाबाट पटारे जाँदै गर्दा पटार ेखोलामा सडकबाट करिब ६ मिटर तल खोलामा मोटरसाइकल खसेको थियो । रा. ३. प. ८८८८ नम्बर मोटर साइकलमा सवार बुढाथोकीको के कारणले दुर्घटनाको भएको यस बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख इन्सपेक्टर उमाकान्त जोशीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस