विकट बस्तीमा विकास पुर्याउदै संघिय सरकार

सल्यान १५, फागुन ।
दाङको शान्तीनगर गाँँउपालीका वडा नम्बर १ बान्द्रेखोला निवासि बिजुली प्रसाद विश्वकर्मा लाई घरमा कोहि विरामी हुदा डोकोमा बोग्नुपर्ने बाध्यता छ । घर सम्म पुग्ने सडक बाटो नहुदा उहाँले बर्षौदेखि यो समस्या झेल्दै आउनुभएको छ । उहाँ जस्तै गिता वलीको समस्या पनि उस्तै छ । बाटो नहुदा उहाँले कैयौ समस्या झेल्दै आउनुभएको छ ।

विकट बस्तीका रुपमा परिचित त्यस ठाँउका बासिन्दाका समस्या धेरै छन । श्वास्थ्य सेवा,विद्युत,बाटोको अति नै समस्या रहेको छ । यद्यपि बर्षौ देखि रहेको बाटोको समस्या अव भने समस्या समाधान हुने भएको छ । स्थानिय पुर्वाधार क्षेत्र विकास कार्यक्रम अन्र्तगत दाङ क्षेत्र नम्बर ३ का संघिय सांसद हिराचन्द्र केसीले २५ लाख बजेट विनीयोजन गरेपछि सडक बाटो बन्ने भएको हो । यसैविच उक्त सडक बाटोको शिलान्यास गरिएको छ ।

वडा नम्बर १ का वडाध्यक्ष जंग बहादुर पुनको अध्यक्षतामा बाघखोर तिनुखारा सडक शिलान्यास सांसद केसीले गर्नुभएकोहो । निर्वाचनको बेला गरेको बाचा अनुसार नै उक्त बस्तीका जनताको लागि यस बर्ष थोरै भएपनि बजेट विनियोजन गरेको सांसद केसीले बताउनुभयो । जनताको आवस्यकताका आधारमा बजेट विनियोजन गरिएको हुदा बजेट सदुपयोग गर्न उहाँले आग्रह गर्नुभयो । उहाँले त्यस स्थानबाट सल्यान जोड्न सके पछि आर्थिक रुपमा सवल बन्न सकिने बताउनुभयो ।


बबईको सिमगैरामा सडक स्तरोन्नती
यस्तै बबई गाउपालीका वडा नम्बर ५ को ट्वाङ खोला देखि सिमगैरा हुदै खयरबट्टी सम्मको सडक स्तरोन्नती हुने भएको छ । बर्षायाममा उक्त सडकमा गाडि चल्न मुस्कील हुने हुदा ग्राभेल सहित सडकको स्तरोन्नती गर्न लागिएको हो । बर्षायाममा सडक हिलाम्मे हुदा हिड्नै धौ हुन्थ्यो अव सहज हुन्छ कि स्थानिय ५९ बर्षिय रिम बहादुर खड्काले खुसी हुदै भन्नुभयो । सडक स्तरोन्नती हुने भएपछि देशमा सरकार छ भन्ने महशुस भएको अर्का स्थानिय शुकलाल विकले भन्नुभयो ।

उक्त सडकको लागि २० लाख बजेट छुट्याईएको छ । उक्त सडकको संघिय सांसद हिराचन्द्र केसीले शिलान्यास गर्नुभएको छ । उपभोक्ता समितिका अध्यक्ष अध्यक्ष प्रशाराम वलीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै सांसद केसीले विकट बस्तीका जनताको आवस्यकता पुरा गर्नका लागि आफु तत्पर रहेको बताउनुभयो । त्यस अवसरमा नेकपाका नेताहरु भिम बहादुर वली,विष्णु केसी,कृष्ण बहादुर खड्का,अमित शर्मा,राष्टिय युवा संघका टोप बहादुर बुढाथोकी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण जय बहादुर विकले गर्नुभएकोथियो !

पक्की कुलो बन्दै
किसानहरुको खेत सम्म पानी नचर्ने समस्या भएपछि तुलसीपुर उपमहानगरपालिका १२ मा कचिला डवरा पक्की कुलो बन्ने भएको छ । कुलोको शिलन्यास गर्दै संघिय हिराचन्द्र केसिले थोरै बजेट भएपनि आगामि दिनमा बजेटको ब्यवस्था गर्ने बताउनुभयो । किसानका समस्या समाधानका लागि योजना लिएर आउन आग्रह गर्दै क्रमागत योजना अनुसार पुरै कुलो पक्की गर्नका लागि आफुले पहल गर्ने बताउनुभयो । त्यस अवसरमा नेकपा तुलसीपुर नगर कमिटीका अध्यक्ष खुसिराम चौधरी, कांग्रेसका डम्बर भण्डारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस