दुर्गा विसी,
सल्यान १६, फागुन ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुर्खेत सिम्ताले वडा स्तरसम्मको एकता प्रक्रिया टुंग्याएको छ । नेकपा सिम्ताको फागुन १४ र १५ गते बसेको सिम्ता स्तरीय विस्तारित बैठकले एकता प्रक्रिया टुंगो लगाएको हो । सिम्ता गाउँपालिकाका ९ वडा मध्ये ५ पूर्वएमाले र ४ पूर्व माओवादी केन्द्रले वडाको नेतृत्व पाएका छन ।
जसमध्ये वडा नं १ को अध्यक्ष चित्र बहादुर बुढा र सचिव देउराम राना, वडा नं २ को अध्यक्ष हंस बहादुर रावल सचिव डिलभर बुढा, वडा नं ३ को टेकबहादुर खत्री र सचिव लोक बहादुर शाही, वडा नं ४ को अध्यक्ष दिर्ग मल्ल र सचिव रेशम बहादुर हमाल तथा वडा नं ५ को अध्यक्ष मोहन विसी र सचिव नारायण रेग्मी रहनुभएको छ ।
यस्तै वडा नं ६ को अध्यक्ष ललित सिह ठकुरी र सचिव मोतिराम विक, वडा नं ७ अध्यक्ष दुर्गा बहादुर विक र सचिव लक्ष्युमान सिह ठकुरी, वडा नं ८ को अध्यक्ष युद्ध बहादुर मल्ल र सचिव निमराज भारती र वडा नं ९ को अध्यक्ष प्रेम बहादुर सुनार र सचिव मदन आरसी हुनुभएको छ ।
भने फागुन १७ गतेदेखि वडा नं ७ काप्रिचौरबाट शपथ ग्रहण शुरू हुने गाउँ कमिटी सचिव झुप बहादुर बुढाले जानकारी दिनुभएको छ । सिम्तामा नेकपा गतिविधिले तिव्रता लिएको र पार्टीका कामकाज सहजै रुपमा अघि वढेको सचिव वुढाको भनाइ छ ।
यसैबिच सिम्ता गाउपालिका वडा नम्बर ३ मा भने पार्टी नितिविधि, सिद्धान्त र मुल्यमान्यतालाई लत्याएको भन्दै प्रकाश शर्मा लगाएतका पार्टी सदस्यहरुले असन्तुष्टि ब्यक्त गरेका छन् । अन्य सबै वडाको एकताले पुर्णता पाए पनि ३ नम्बर वडामा भने समस्या वल्झिएको जनाएको छ ।