९ जिल्लाका सहकारीहरुको कार्यकुशलता तथा सिकाई ब्यबस्थापन कार्यशाला सल्यानमा सम्पन्न

सल्यान १६, फागुन ।
सल्यानमा सहकारी संस्थाहरुको कार्यकुशलता तथा सिकाई ब्यबस्थापन कार्यशाला सम्पन्न भएको छ । नेफ्सकुनको प्राबिधिक सहयोग र ग्रामिण बचत तथा ऋण सहकारी संस्था लिमिटेड खलंगाको आयोजनामा जिल्लाको शारदा नगरपालिका २ खलंगामा कार्यशाला गोष्ठी शुक्रबार सम्पन्न भएको हो ।

ग्रामिण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष धिरेन्द्र कुमार शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले पारदर्शी भएर काम गर्न सहकारीहरुलाई सुझाव दिनुभएको छ । जनताले गरेको बचत बाट नै सहकारी संस्थाहरु सञ्चालन हुने हुदाँ जनताको पैसा खेर नजाने गरि अनुशासित, मर्यादित र पारदर्शी भएर काम गर्न सुझाव दिनुभएको हो ।


यस्तै कार्यक्रममा बोल्दै शारदा नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष केशवसिंह श्रेष्ठले गरिवी हटाउने एउटा माध्यम सहकारी भएको बताउनुभयो । कार्यशालामा ९ वटा जिल्लाका १० वटा सहकारीमा आबद्ध प्रतिनिधिहरुको सहभागिता रहेको छ । कार्यशालामा ती सहकारीहरुले गरेका काम, प्रगति लगाएतका बिषयमा छलफल भएको छ ।

संस्थाका सदस्य निरु शाहको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव सनत कुमार शर्माले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस