तस्वीरमा सल्यान : साताका सात उत्कृष्ट तस्वीर

शब्द/तस्वीरः बामदेव केसी,
सल्यान १७, फागुन ।
सल्यान बिबिधताले भरिपूर्ण जिल्ला हो । कृषि, वन, उद्योग जस्तै सल्यानमा पर्यटनका पनि थुप्रै सम्भावना छन् । सरकारले नेपाल भ्रमण बर्ष २०२० घोषणा गरेको छ । सल्यानका बिभिन्न परिवेश र ठाँउमा संकलन गरिएका साताका सात उत्कष्ट तस्वीरहरु ।

कुहिरोले ढाकिएको यो ठाउँ बागचौर नगरपालिका सल्यानको हो । तस्बिरमा कोटबारा, बाफुखोला लगाएत आसपासको दृश्य ।

सल्यान राम्रो सल्लेरी पाखौले । सिद्धकुमाख गाउँपालिका सल्यानमा पर्ने चाख्लीघाट आसपासकको यो सुन्दर दृश्य ।

छत्रेश्वरी गाउँपालिका सल्यानमा पर्ने लान्तीबजार आसपासको यो मनोरम दृश्य । तस्बिरमा देखिएको बाटो बाट भएर छत्रेश्वरी मन्दिर जान सकिन्छ ।

प्रकृतिले लुकामारी खेल्दै गरेको ठाउँ सल्यान जिल्लाकै प्रमुख ब्यापारिक केन्द्र शारदा नगरपालिका सल्यानमा पर्ने श्रीनगर बजार ।

राप्ती राजमार्गमा खिचिएको एक तस्बिर ! एक साइकल यात्री ।

उदाउँदै गरेको सुर्य ।

सल्यान बागचौर नगरपालिका २ बागचौर सल्यानको गहुँ बारीमा तोरी फुल्दै गरेको यो सुन्दर दृश्य ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित