नेपाली काँग्रेस परित्याग गरी नेकपामा प्रवेश गर्नेहरुको लर्को

दुर्गा बिसी,
सल्यान १७, फागुन ।
नेपाल कम्यूनिष्ट पार्टी नेकपा सुर्खेत सिम्ता गाउँपालिका वडा नं ७ को सपथ ग्रहणमा नेपाली कांग्रेस छोडेर नेकपामा प्रवेश गर्नेको लर्को लागेको छ । वडा कमिटीका दुर्गा बहादुर कामीको अध्यक्षतामा २९ सदस्य वडा कमिटी गठनसँगै नेकपाको एकताको पहिलो कार्यक्रममै पार्टी प्रवेशको लर्काे लागेको हो ।

पार्टी प्रवेश गर्नेमा नेपाली काँग्रेस काप्रिचौर गाउँ कार्य समिती उपसभापति राम बहादुर बुढा, तरूण दलका क्षेत्रिय सहसचिव राम बहादुर घर्ती, किसान संघका क्षेत्रीय सदस्य बिरेन्द्र कुमार घर्ती, दलित संघको नेता राम बहादुर परियार लागाएत जीवन पुन, रेशम परियार, हरिकला अधिकारी, नारायण नेपाली, ददे टमटा, पठे सार्की, दत्ते सार्की, विष्णु बादी र रूपक विक रहेको पार्टी सचिव झुप बहादुर बुढाले जानकारी दिनुभएको छ ।


कार्यक्रममा सुर्खेत जिल्ला पार्टी सचिव कृष्ण जिसी, प्रदेश सभा सदस्य सीता नेपाली, पुर्व सभासद ललिता रेग्मी, क्षेत्रीय सचिव गणेश विक, प्रदेश कमिटी सदस्य पुर्ण बहादुर शाही, सिम्ता गाउँ कमिटी अध्यक्ष कविन्द्र कुमार केसी, सचिव झुप बहादुर बुढा, जिल्ला कमिटी सदस्यहरू अमर सिह, कोकिला सिह, सरस्वती सिह, नेत्रलाल महतारा लगाएतले सपथग्रहण कार्यक्रममा नवप्रवेशीहरुलाइ पार्टीमा स्वागत गर्नुभएको थियो ।

वडा कमिटी अध्यक्ष दुर्ग बहादुर कामीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन चन्द्र प्रकाश थापाले गर्नुभएको थियो । सुर्खेतको नेपाली काँग्रेसको गड मानिएको वडा काप्रीचौर यतिबेला नेकपामय भएको गाउँ कमिटीका अध्यक्ष कविन्द्र कुमार केसीले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित