सल्यान १८, फागुन ।
सल्यानको कपुरकोटमा पिकअप गाडी दुर्घटना हुदाँ २ जना घाइते भएका छन् । दाङ्गको तुलसीपुर बाट सल्यानको थारमारे आउदैँ गरेको लु १ च ९००४ नम्बरको कुखुरा बोकेको गाडी कपुरकोट गाउपालिका ३ आगरखोलामा बेलुलका साँढे ५ बजेतीर दुर्घटना भएको हो ।
दुर्घटनामा परेर गाडी चालक बागचौर नगरपालिका २ निवासी करिब २४ बर्षिय महेन्द्र बुढाथोकी र सोही ठाँउ निवासी सहचालक करिब १९ बर्षिय तिलक घर्ती मगर सामान्य घाइते भएको प्रहरी चौकी कपुरकोटले जनाएको छ । उनीहरुको कपुरकोटमा उपचार भैरहेको छ । गाडी सडकबाट केही मिटर तल खसेको छ ।
फाइल तस्वीर
दुर्घटना हुदाँ ४ सय ३५ कुखुरा मध्ये करिब आधा भन्दा बढीमा क्षेती भएको प्रहरीले जनाएको छ । बिपरित दिशाबाट आउदैँ गरेको गाडीसँग क्रस गर्दा सडकको छेउ भासिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।