सल्यानमा नेपाली काँग्रेस छाड्नेको लहर : क्षेत्रिय सदस्य बिष्ट सहित दर्जन वढी नेकपामा प्रवेश

दुर्गा बिसी
सल्यान १९, फागुन ।
सल्यानमा नेपाली काँग्रेस छाडेर नेकपामा प्रवेश गर्नेहरुको लर्को लागेको छ । यसैक्रममा जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा २ को लाहाघाटमा नेपाली कांग्रेस प्रत्याग गरि नेकपा प्रवेश गर्नेको लर्को लागेको हो । नेपाली कांग्रेस क्षेत्रिय सदस्य एकराज विष्ट, पुर्व वडाअध्यक्ष तथा वर्तमान नगर सचिव महेश प्रसाद शर्मा नेकपामा प्रवेश गरेका हुन् ।


यस्तै क्रियाशिल सदस्यहरु सार्की राना, करविर राना, डिल्ली विक, नैन सिंह सुनार, भिमवहादुर राना, दलवहादुर राना, दिनेश राना, छविलाल राना, नरवहादुर रानालाइ नेकपा जिल्ला अध्यक्ष गोविन्द कुमार पुनले प्रवेश गराउनु भएको छ ।
पार्टी प्रत्याग गर्दै विष्ट र शर्माले बांकी सबैलाई नेपाली कांग्रेस छाड्न अपिल गर्नु भएको छ । केन्द्र देखि गाउँ गाउँ सम्म सगठन भत्तिएको पार्टीमा लागेर दुख नखेप्न उहाँहरुले अन्य कार्यकर्ताहरुलाई आग्रह गर्नु भएको छ ।


साविक बामे गाविसको वडा २ मा रहेको लाहाघाट नेपाली कांग्रेसको पकेट क्षेत्र हो । नेपाली कांग्रेस छोड्नेको दर्जन वढिको लहर चलेको थियोे । नव प्रवेशिहरुलाइ जिल्ला पार्टी अध्यक्ष पुन, नगर सचिव गञ्जमान वुढा, वडा अध्यक्ष प्रतिमल वुढाथोकी, नेपाल राष्ट्रिय शिक्षक संगठनका कर्णाली प्रदेश उपाध्यक्ष अकवर पुन, वडा सदस्यहरु, नेकपा नगर कमिटी सदस्यहरु र स्थानीय लाहाघाटवासिहरुको उपस्थिति रहेको थियोे ।

नेपाली कांग्रेसको वलियो टोल लाहाघाटमा पुराना पाका कार्यकर्ताले पार्टी छाडेर नेकपामा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित