दुर्गा बिसी
सल्यान २०, फागुन ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर २ बामेको लाहाघाट र राइरामा पहिलो पटक गाडि पुगेको छ । बनगाड कुपिण्डे नगर प्रमुख गोविन्द कुमार पुनले लाहाघाट हुदै राइरा सम्म पुग्ने सडकको उद्घाटन गर्नु भएको छ । साविक बामेको राइरा वडा १ र वडा २ लाहाघाटमा सडक पुगेको थिएन । सडक नहुदा नगरको केन्द्र सल्लिवजार सम्म आवतजावतमा समस्या रहेको थियो ।
२ नम्बर वडाको केन्द्र देखि ४६ लाख लागतमा नगर र वडाको साझेदारीको वजेटमा सडक निर्माण सम्पन्न भएको हो । स्थानीय चुनावमा सडक र्पुयाउने वाचा अनुसार सडक निर्माण गरिएको हो । सडक उद्घाटन गर्दै नगर प्रमुख पुनले सडक स्तरवृद्धि, सिचाइ कुला, झोलुगें पुल, यहि आर्थिक वर्षमा जाजरकोट भुभाग भए पनि विद्युतिकरण गरिसक्ने जनाउनु भएको छ ।
यस्तै मोटरवेल पुलको लागि पहल भैरहेको समेत जानकारी दिनुभयो । यस्तै राइरा र लाहाघाटको विच केन्द्रमा स्वास्थ्य इकाई समेत स्थापना गरिने जनाएको छ । मतदाता कहाँ भेटघाट र सडक उद्घाटन गर्न पुग्नु भएमा नगर प्रमुखले जनताको समस्या आफुले नियालि रहेको जनाउँदै आफ्नो कार्यकालमा वोलेका वाचा पूरा हुने घोषणा गर्नु भएको छ ।
निर्वाचनको समयमा वोलेका वाचा जनप्रतिनिधिले पूरा गरेको भन्दै स्थानीय खुसि वनेका छन् । सो अबशरमा वडाअध्यक्ष प्रतिमल वुढाथोकी, नेपाल राष्ट्रिय शिक्षक संगठनका कर्णाली प्रदेश उपाध्यक्ष अकबर पुन, नेकपा नगर कमिटी सचिव गञ्जमान वुढा लगाएतको उपस्थिती रहेको थियो । नगरको केन्द्र देखि ३६ किमी दुरीमा रहेका उक्त गाउँमा सडक निर्माण पश्चात् अब आवतजावतमा सहज हुने छ ।