बहुक्षेत्रियपोषण सम्बन्धि बृहत कार्यशाला गोष्ठि दार्मामा सम्पन्न

सल्यान २१, फागुन ।
भित्ताहरु बेहुली झैं सिंगारिएको, श्रींगार सामाग्री थिए त केवल सल्यानको दार्मा गाउँपालिकालाई प्रष्ट पार्ने विभिन्न तथ्यांक र सन्देशमुलक चार्ट, रंगीचंगी पेपर, पोषण सम्बन्धि कोटेसन र भनाईहरु, विभिन्न पोषण जन्य सामाग्रीको प्रदर्शनी जसले सिंगो गाउँपलिकालाई ऐना जस्तै जिस्काईरहेका थिए । गाउँपालिकाका सबै जनप्रतिनिधि, कार्यपालिका सदस्यहरु, विषयगत सबै शाखा र सरोकारवालाहरु सबैलाई लाग्थ्यो सिंगो गाउँपालिका नै पहिलो पटक यसरी एक साथ एकिकृत पोषणको समिक्षा जुटेको थियो ।

सन्दर्भ थियो–दुई दिने बहुक्षेत्रियपोषण सम्बन्धि दिगोपना सुनिश्चितता कार्यशाला गोष्ठीको । दार्मा गाउँपालिकालाई स्वच्छ, सफा, स्वस्थ र पोषणयुक्त बनाई समृद्ध नेपाल, सुखी नेपालीबनाउने अभियानका साथ दार्मा गाउँपालिकाको आयोजनातथा सुआहारा दोश्रो परियोजनाको प्राविधिक सहयोगमादार्मा गाउँपालिकाको सभाहलमादुई दिनसम्म संचालित कार्यक्रममा पोषणको महत्व र आवस्यकता वारेमा सबै जनप्रतिनिधि तथा विषयगत शाखाले सक्रियताका साथ सहभागिता जनाएका थिए ।


गर्भवती, सुत्केरी, दुई वर्ष मुनिका बालबालिका र किशोरीहरुको पोषण स्थिती सुधार गर्न जनप्रतिनिधि, स्वास्थ्य, शिक्षा, कृषि, पशु सेवा, महिला तथा बालबालिका लगाएत स्थानीय सरोकारवाला सबै क्षेत्रको समान भुमिका हुन्छ भन्ने कुरामा सहभागीवक्ताहरुले जोड दिएका थिए । सुआहारा कार्यक्रमका कार्यक्रम संयोजक अमृत पौडेलको बिनम्रता रुपी आग्रहमा सबै सहभागीहरु उत्सुकताका साथ सहमत देखिन्थे । उहाँले थप्नु भयो “ंससार बदल्नु छ भने सुरुवातआपैmबाट गर्नुपर्छ बल्ल परिवर्तन सम्भब छ” “यहाँहरु जस्तो सकारात्मक सोचका साथ आफ्नो बस्ति र टोल सुधार गर्न तल्लिन जनप्रतिनिधि र कर्मचारीहरु पोषण स्थिती पनि सुधार गर्न आजैवाट लाग्नु भयो भने अवस्यदार्मा गाउँपालिकाका आमाहरुको ओठमा मुस्कानल्यउन सक्नुहुन्छ ।”

महिला तथा बालबालिका शाखा प्रमुख यमुना खड्काले पालिका भित्रका सबै महिला बालबालिकाको हकहित एवं पोषण स्थिती सुधार गर्न तथा प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने कुरामा जोड दिनुभयो । यसैगरि शिक्षा शाखा प्रमुख रोम प्रसाद पाण्डेले विद्यालयको अवस्था साथै द्यिालयमा पोषण र स्वास्थ्य सम्बन्धि अवस्थाको वारेमा प्रश्तुुतीगर्नु भएको थियो ।

वहाँले आगामी दिनमा द्यिालयलाई पनि स्वास्थ्य र पोषणयुक्त बनाउन स्वास्थ्य र पोषणका बिबिध क्रियाकलाप (स्यानीटरी प्याडको व्यवस्था, दिवाखाजा कार्यक्रम, किशोरीहरुलाई आईरन चक्कि) हरु नियमित रुपमा संचालन गर्नु पर्ने र विद्यालयमा स्वास्थ्यकर्मि गई पोषण स्वास्थ आनीबानि सम्बन्धिकक्षा संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस