कोरोना भाइसको त्रास : शारदा नगरपालिकामा फागुन २८ गते देखी बार्षिक परिक्षा शुरु हुदैँ

सल्यान २१, फागुन ।
सल्यानको शारदा नगरपालिकाले कक्षा १ देखी ९ सम्मको परिक्षा यही फागुन २८ गते देखी सञ्चालन गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को खतराका कारण आगामी चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको परीक्षा लिन आग्रह गरेको भन्दै नगरपालिकाले सोही अनुसार परिक्षा सञ्चालन गर्ने जनाएको छ ।

नगर शिक्षा समितीको हालै सम्पन्न बैठकले फागुन २८ गते देखी चैत ५ गते सम्म नगरभित्रका सबै बिद्यालयहरुमा बार्षिक परिक्षा परिक्षा सम्पन्न गर्ने तयारी गरिएको नगरप्रमुख सुरेश अधिकारीले जानकारी दिनुभयो । बुधबार कार्यालय परिसरमा पत्रकार सम्मेलन गर्दै उहाँले नगरका ५७ वटा सामुदायिक बिद्यालय र १४ वटा संस्थागत बिद्यालय गरेर सबै ७१ वटा बिद्यालयमा परिक्षा सँगै सञ्चालन गर्ने बताउनुभयो ।


‘परिक्षाका लागी आबश्यक तयारी थालिएको छ, कक्षा १ देखी ९ कक्षा सम्मको परिक्षा सम्बन्धित बिद्यालयमा नै हुन्छ, तर कक्षा ८ को सन्दर्भमा फरक बिद्यालयका केन्द्राध्यक्ष खटाउने तयारी भैरहेको छ’ उहाँले भन्नुभयो । उहाँले परिक्षालाई मर्यादित, अनुशासित र शान्त वातावरणमा सम्पन्न गर्नको लागी नगरले प्रयास गरिरहेको बताउनुभयो । नगरका सबै बिद्यालयबाट यस बर्ष करिब १० हजार बिद्यार्थीले परिक्षा दिदैछन् ।

शारदा नगरपालिकाले बिद्यालय क्षेत्रमा गोष्ठी, छलफल, सभा, सम्मेलन नगर्न आग्रह गरेको छ । बिश्वभर कोरोना भाईरसको संक्रमण फैलिदैँ गएको सन्दर्भमा साबधानी स्वरुप नगरका कुनैपनि बिद्यालयमा त्यस्ता खालका कार्यक्रम सञ्चालन नगर्न आग्रह गरेको हो ।

कोरोनाका बारेमा जानकारी दिदैँ नगरपालिका
जिल्लाको शारदा नगरपालिकाले बिश्वभर फैलिएको कोरोना भाईसका बारेमा नगरवासीलाई जानकारी दिन थालेको छ । कारोना भाईसको लक्षण, सर्ने तरिका, अपनाउनुपर्ने समाधानीका बिषयमा नगरका बिद्यालयहरुमा जानकारी दिन शुरु गरेको हो । नगरको सामाजिक बिकास समिती मार्फत स्वास्थ्य शाखाको निर्देशनमा नगरका सबै स्वास्थ्य संस्थाहरुले नजिकमा रहेका बिद्यालयहरुमा यस बिषयमा जानकारी दिन थालेका हुन् ।

कोरोना भाइसको आमनागरिकमा देखिएको त्रास कम गर्न र सावधानी अपनाउन यस कार्यक्रम सञ्चालन गरिएको हो । नगरका १५ वटै वडामा रहेका स्वास्थ्य संस्थाहरुले नजिकका बिद्यालयमा पुगेर कोरोनाका वारेमा जानकारी प्रदान गर्ने शारदा नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित