१४ वर्षिया बालिका बलात्कार गर्ने १६ बर्षिय बालक पक्राउ

सल्यान २२, फागुन ।
१४ वर्षीया एक बालिका बलात्कार गरेको आरोपमा सल्यानमा प्रहरीले १६ वर्षीय बालकलाइ पक्राउ गरेको छ । जिल्लाको शारदा नगरपालिका निवासी बालिकालाइ सोही ठाउँ बस्ने बालकले बलात्कार गरेको आरोपमा मंगलवार राती पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त प्रमुख, प्रहरी निरिक्षक लक्ष्मण वलीले जानकारी दिनुभयो ।

कक्षा १० मा अध्यनरत ति बालिकालाइ गत माघ १२ गते बिहान एसइइको ट्युसन पढ्न जादै गर्दा आरोपित बालकले बलात्कार गरेको पीडितले जाहेरीमा उल्लेख गरेको प्रहरीले जनाएको छ । घटनाबारे कसैलाइ जानकारी दिएमा ज्यान मार्ने धम्की समेत दिएको पिडितको जाहेरिमा उल्लेख रहेको प्रहरीको भनाई छ । घटना भएको लामो समयपछि पिडित बालिकाले आफ्नो अभिभावकलाइ घटनाबारे बताएपछि पीडित परिवारले प्रहरीलाई खबर गरि जाहेरी दिएका थिए ।


पिडित बालिकाका आफन्तले जाहेरी दिए लगतै जिल्ला प्रहरी कार्यालय सल्यानले आरोपित बालकलाई उनको घर नजिकबाट पक्राउ गरि अनुसन्धान गरिरहेको छ । जिल्ला अदालत सल्यान बाट ५ दिनको म्याद थप गरि जिल्ला प्रहरी कार्यालयको निगरानी कक्षमा राखी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित