सल्यानका ४ स्थानिय तहमा सुरक्षित आप्रवासन परियोजना शुरु

बुद्धि पुन,
सल्यान २२, फागुन ।
सल्यानमा सुरक्षित आप्रवासन परियोजना शुरु भएको छ । जिल्लाका चार स्थानीय तहमा सुरक्षित आप्रवासन (सामी) परियोजना शुरु भएको हो । डेभ्लपमेन्ट सोशाईटी नेपाल, सल्यानको स्थानीय व्यवस्थापन र सामी हेल्भेटासको प्राविधिक सहयोगमा सञ्चालित परियोजना शारदा नगरपालिका, बन्गाड कुपिण्डे नगरपालिका, बागचौर नगरपालिका र छत्रेश्वरी गाउपालिकामा सञ्चालन भएको हो ।

बैैदेशिक रोजगारमा जाने नेपाली कामदार र उनका परिवारलाई सुरक्षित र उपलब्धीमुलक बनाउन सुरक्षित आप्रवासन परियोजना (सामी) शुरु भएको हो । बैदेशिक रोजगारमा जाने नेपाली कामदारहरुका लागि जुन देशमा जाने हो त्यहि देशको काम अनुसारको सिपमुलक तालिम उपलब्ध गराउने र परिवारका लागि पनि उपलब्धीमुलक बनाउने परियोजनाको उद्धेश्य रहेको जिल्ला कार्यक्रम संयोजक बिमल गौतमले जानकारी दिनुभयो ।


परियोजनाका कर्मचारीहरुलाई जिल्ला तहमा २ दिने क्षमता बिकास तालिमको बुधबार उद्घाटन गर्दै शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र शोषण रहित बनाउन परियोजनाले काम गर्ने विश्वास व्यक्त गर्नुभयो । ‘हाम्रो प्राथमिकता स्वरोजगार हो’ उहाँलेभन्नुभयो विदेश गए पनि सुरक्षित भएर जानु उपयुक्त हुन्छ ।’ सानो सूचनाको अभावले वैदेशिक रोजगारमा जाने श्रमिकले ठूलो दुःख पाएको हुँदा परियोजना उपलब्धी मुलक हुने उहाको भनाई छ ।

परियोजनाले सुरक्षित आप्रवासनका लागि कानुनी सहायता, तालिम, क्षमता अभिवृद्धि, सूचना, वित्तीय साक्षरता, मनोसामाजिक परामर्श लगायतका क्षेत्रमा काम गर्ने डेभ्लपमेन्ट सोशाईटी नेपाल, सल्यानका अध्यक्ष दिपेन्द्र प्रकाश डिसीले जानकारी दिनुभयो । लुकीचोरी विदेश जाने क्रमलाई रोक्न, सीप र ज्ञान लिएर मात्रै विदेश जानेलाई परामर्श दिन र सकेसम्म आफ्नै ठाउँमा काम गरेर खाने वातावरण बनाउन परियोजनाले मद्धत मिल्ने उहाको भनाई छ ।

परियोजना सञ्चालनको लागी चार स्थानिय तहमा यस बर्ष करिब ७० लाख रुपैँया छुट्याईएको छ । परियोजना कार्यान्वयनको लागि १२ जना कर्मचारी छनौट गरिएको छ भने अन्य १२ जना स्वयमसेवकको ब्यबस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस