स्वास्थ्य र शिक्षा क्षेत्रको अधिकार सम्बन्धि शारदा नगरपालिकाको ध्यानाकर्षण

भवानी बुढाथोकी,
सल्यान २२, फागुन ।
मानव अधिकार समुह सल्यानले शारदा नगरपालिकालाइ ध्यानाकर्षण पत्र बुझाएको छ । मानव अधिकार समुह सल्यानकी संयोजक मुना हमालको नेतूत्वमा गएको टोलिले आज बिहिवार ध्यानाकर्षण पत्र बुझाएको हो ।

स्थानिय सरकारले प्रदान गरिरहेको शिक्षा, स्वास्थ्य खाद्य अधिकार सम्बन्धिका सेवाहरु र ति सेवा प्राप्तिमा जनताको पहुंच बृद्धि गर्न आयोजना गरिएका विभिन्न कार्यक्रमहरुमा सरोकारवालाहरुले दिएको सुझाव सल्लाह, नगरपालिकाले गरेको प्रतिबद्धता तथा मानव अधिकार समुहको स्थलगत अनुगमनका क्रममा देखिएका समस्याहरुको समाधान गरिदिनको लागि ध्यानाकर्षण पत्र शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारीलाई बुझाइएको हो ।


नगरमा हाल सम्म स्वास्थ्य निति नभयकाले स्वास्थ्य निति निर्माण गरि कार्यन्वयनमा ल्याउनु पर्ने, आर्थिक अवस्था कमजोर भएका कारण विद्यालय आउन छाडेका बालबालिकालाइ उनिहरुको शिक्षाको अधिकार प्राप्तिका लागि पहल गरिनुपर्ने लगायतका बुदाँहरु ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै वर्षको एक पटक विद्यालयमा तालिम प्राप्त स्वास्थ्यकर्मीबाट बालबालिकाको स्वास्थ्य परिक्षण गरिनुपर्ने ब्यवस्था भएपनि नभएको पाइएकोले सो कार्यन्वयनको ब्यवस्था गरिनुपर्ने, सबै विद्याालहरुमा सेनेटरी प्याडको ब्यवस्था गरिनुपर्ने, सल्यान कारागारमा रहेका कैदिबन्दीका लागि कारागार भित्रै स्वास्थ्य परिक्षणका लागि आवश्यक ब्यवस्था गरिनुपर्ने जस्ता कुराहरु ध्यानाकर्षण पत्रमा समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित