३६ जना जेहेन्दार बिद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

दुर्गा बिसी,
सल्यान २३, फागुन । सुर्खेतको सिम्ता गाउपालिका स्थित माद्यामिक बिद्यालय लापुमा स्थापना गरिएको अक्षकोष छात्रवृत्ति वितरण तथा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ । बिद्यालयमा ५० हजार राशीको यामु शाही अक्षयकोष स्थापना १ वर्ष अगाडी गरिएको थियो ।

अक्षयकोषको व्याजबाट प्राप्त रकमबाट गरिब तथा जेहेन्दार ३६ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । यस्तै बिद्यालयले यामु शाहीको परिवारलाई सम्मान समेत गरेको छ ।


वडा शिक्षाको आयोजनामा गुणस्तरीय शिक्षाको लागि अभिभावक शिक्षा सम्पन्न भएको थियो । गुणस्तरीय शिक्षाको लागि राज्य, अभिभावक, विद्यालय र बिद्यार्थीको बराबर भुमिका हुनुपर्ने वक्ताहरुको जोड थियो ।

बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष टेकबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा सिम्ता गाउपालिका अध्यक्ष कविन्द्र कुमार केसी, वडा अध्यक्ष नहुकुल बुढा, समाजिक विकास समिती संयोजक टेक नारायण विक, वडासदस्य लोक बहादुर शाही, वडा सचिव तेजविक्रम सिंह, लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस