सल्यान २४, फागुन ।
सल्यानको शारदा नगरपालिका वडा नम्बर ३ मा रहेको एमएम एकेडेमीले बिद्यालयमा अध्ययनरत बालबालिकालाई सकारात्मक सोचको विकास सम्बन्धि प्रशिक्षण दिएको छ । सानै उमेर देखी बालबालिकामा सकारात्मक सोंचको विकास गर्नुपर्ने भन्दै प्रशिक्षक कार्यक्रमको आयोजना गरिएको हो ।
एकेडेमीको आयोजनामा कक्षा १ देखी १० सम्मका छात्रछात्रालाइ अभीमुखीकरण गरिएको हो । एमएम एकेडेमी र सिटीएफ नेपाल द्धारा सञ्चालितत शैक्षीक अभीमुखीकरण कार्यक्रममा बोल्दै शारदा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष टोप बहादुर थापाले विद्यार्थीहरुलाइ किताबी ज्ञान मात्रै नभएर बाह्य ज्ञनाको पनि उत्तिकै आवश्यकता रहेको बताउनु भएको छ ।
सिटीइभिटीबाट मान्यता प्राप्त सिटिएफ नेपालले सल्यानका दुइ वटा विद्यालयसंग सहकार्य गरेर विभिन्न कृयाकलापहरु गर्दै आएको छ । जिल्लामा पहिलो पटक सिटिएफ द्धारा बालबालिकालाइ सकारात्मक सोच सम्बन्धी जानकारी मुलक अभिमुखिकरण गरिएको एमएम एकेडेमीका संचालक महेश देवकोटाले जानकारी दिनुभयो ।
शुक्रवार एम एम एकेडेमी खलंगामा सम्पन्न भएको कार्यक्रम शनीवार मोडन तुलसी एकेडेमी श्रीनगर सल्यानमा हुदैँ छ ।