दुर्गा बिसी,
सल्यान २५, फागुन ।
सवारी दुर्घटना न्यूनिकरण गर्न सल्यानको सल्लीवजारमा ट्राफिक होडिङ्ग वोर्ड राखिएको छ । बनगाड कुपिण्डे नगरपालिकाको आर्थिक सहयोगमा सल्लीवजारमा ट्राफिक होडिङ्ग वोर्ड राखिएको हो । सवारी दुर्घटना न्युनिकरण गर्नका लागि सल्लीवजारका विभिन्न स्थानमा ट्राफिक होडिङ्ग वोड राख्ने काम गरिएको छ ।
नगरपालिकाको करिव ८० हजार लागतमा ट्राफिक होडिङ्ग वोड निमार्ण गरेको प्रमुख प्रशासकिय अधिकृत मोहन खड्काले जानकारी दिनु भएको छ । ट्राफिक नियमन पालन, तिव्र गतीमा सुधार लगाएतका काममा सचेतीकरण गर्ने नगरपालिकाको भनाई छ । शनीवार इलाका प्रहरी कार्यालय सल्लीवजारका इन्चार्ज प्रेमवहादुर वोहरालाई नगर प्रमुख गोविन्द कुमार पुनले गती सिमित ३ वटा, नो पार्किङ्ग ३ वटा र ट्राफिक होडिङ्ग वोर्ड ४ वटा हस्तान्तरण गर्नु भएको छ ।
नगर प्रमुख पुनले सवारी दुर्घटना न्युनिकरण गर्नका लागि वनेका ट्राफिक होडिङ्ग वोर्डहरुले दुर्घटना कमि ल्याउने र वजारमा तीव्र गतीलाई कमी ल्याउन सहयोग गर्ने बिश्वास ब्यक्त गर्नु भएको छ । वजारमा तीव्ररुपमा गुड्ने सवारी साधानलाई समेत कडाई गर्न अनुरोध गरिएको छ । ट्राफिक होडिङ्ग वोर्ड प्रहरीलाई हस्तान्तरण गर्न इलाका प्रहरि कार्यालय सल्लीवजार पुग्नु भएका नगर प्रमुखले ४ महिना वसेर सरुवा हुनु भएका इलाका इन्चार्ज प्रेमवहादुर वोहराको समेत विदाई गर्नु भएको छ ।