सल्यानमा प्रादेशिक महोत्सवः रु.१७ लाख ६१ हजार कलाकारमा खर्च ?

सल्यान २५, फागुन ।
सल्यानको श्रीनगरमा सञ्चालन भएको प्रादेशिक कृषि, पर्यटन, उद्योग, व्यापवार तथा सांस्कृतिक महोत्सवमा साढेँ ३ करोड बढीको कारोवार भएको छ । उद्योग बाणिज्य संघ सल्यानको आयोजनामा गत माघ २९ गते देखी फागनु १३ गते सम्म सञ्चालन भएको महोत्सवमा ३ करोड ५० लाख वरावरको आर्थिक कारोवार भएको हो ।

यस्तै महोत्सव अबधिभर करिब ७१ हजार बढी कृषक, उद्योगी, ब्यापारी, ब्यबसायी तथा दर्शकहरुले अवलोकन गरेको आयोजकले जनाएको छ । संघको हलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष बीर बहादुर चलाउनेले महोत्सवमा १ सय १० वटा स्टलहरु रहेको जानकारी दिनुभयो ।

महोत्सवमा एक सय जना कृर्षक, उद्योगी, ब्यबसायीहरुलाई पुरुस्कृत गरिएको छ । ‘कृषि, पशु, वन, उद्योग, ब्यापार, पर्यटन बिकासको परिकल्पना, ब्यबसायीकरणद्धारा आर्थिक उन्नती गरी समृद्ध समाजको स्थापना’ भन्ने मुल नाराका साथ महोत्सवको आयोजना गरिएको हो । स्थानिय उत्पादनको प्रर्बद्धन र बजारीकरण गर्ने महोत्सवको मूख्य उद्देश्य थियो ।


आम्दानीको एक तिहाई रकम कलाकारमा खर्च
महोत्सव बाट ६ लाख बचत भएको अध्यक्ष चलाउनेको भनाई छ । हालसम्म ५६ लाख ६२ हजार २ सय ४० रकमको सम्झौता भई सकेको र केही रकम आउन बाँकी रहेको उनले बताए । यस्तै महोत्सवमा ५४ लाख २३ हजार खर्च भएको छ । महोत्सवमा भएको आम्दानीको ३२ प्रतिशत रकम कलाकारमा नै खर्च भएको छ ।

१७ लाख ६१ हजार रुपैँया कलाकारमा खर्च भएको उद्योग बाणिज्य संघ सल्यानले जनाएको छ । महोत्सवमा नायक दिलिप रायमाझी, गायक राजु परियार, कुलेन्द्र बिक, प्रमोद खरेल लगाएतका कलाकारहरुले प्रस्तुती दिएका थिए ।

वचत रकमबाट अक्षयकोष स्थापना गरिने
सल्यान उद्योग बाणिज्य संघ सल्यानले सञ्चालन गरेको प्रादेशिक महोत्सवबाट वचत रकमले अक्षयकोष स्थापना गरिने भएको छ । संघका अध्यक्ष चलाउनेले सबै क्षेत्रको सहयोगमा संकलित रकमबाट दिर्घ रोगीहरुलाई सहयोग गर्नको लागी अक्षयकोष स्थापना गरिने जानकारी दिनुभयो । उहाँले यसका लागी संघको बैठकमा पनि छलफल भएको जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस