२ महिनामा ७ घाइते बन्यजन्तु भेटिए, ४ वटा मरे, ३ वटाको सफल उपचार

सल्यान २६, फागुन ।
सल्यानमा घाईते अबस्थामा भेटिएको जंगली जनावर घोरल उपचारको क्रममा मरेको छ । जिल्लाको शारदा नगरपालिका स्थित दोमाटीमा गत बुधबार घाईते अबस्थामा भेटिएको घोरल उपचारको क्रममा मरेको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ ।


कुकुरले लखेट्दै गरेको अबस्थामा प्रहरीले उद्धार गरेर बन कार्यालयमा बुझाएको थियो । तर उपचारको क्रममा घोरल मरेको डिभिजन बन कार्यालय सल्यानमा निमित्त डिभिजनल वन अधिकृत मनोज शर्मा लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो २ महिनाको अवधिमा जिल्लामा ७ वटा जंगली जनावर घाइते अबस्थामा भेटिएका छन् ।

ती मध्ये ४ वटा मरेका छन् भने ३ वटाको प्राथामिक उपचार पश्चात जंगलमा छोडिएको छ । जंगली जनावर पानी पिउन तथा गहुँ लगाएतका खानेकुरा खान गाँउ, खोला तथा कुवाको आसपासमा जाने र स्थानियले पालेका सिकारी कुकुरहरुले आक्रमण गर्दा जंगली जनावर घाईते भएको हुनसक्ने वन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस