यस्तो देखियो सल्यानको होली (फोटो फिचर)

सल्यान २६,फागुन ।
आज फागुन शुक्ल पूर्णिमा, हिमाली तथा पहाडी जिल्लामा फागु अर्थात् होली पर्व मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।

तर कोरोनाको जोखिम बढेकाले यसपालि अघिल्ला वर्षहरु जस्तो होलीको रौनक छैन ।

ठूला सभा समारोह, भेला तथा कार्यक्रम गर्न रोक लगाएको सरकारले सामुहिक रुपमा होली नखेल्न, भिडभाड गर्ने तथा लोला पानी हाल्ने काम नगर्न सबैसँग अनुरोध गरेको छ ।

गृह मन्त्रालयले सूचना निकालेर लोलापानी फ्याँक्ने, रङ्ग तथा अबिर दल्ने काम जोखिमपूर्ण हुने हुँदा यस्ता गतिविधि नगर्न अनुरोध गरेको छ ।

विगतका वर्षमा होलीको दिन असाध्यै भिडभाड र चहलपहल हुने सल्यानका श्रीनगर, खलंगा, थारमारे, कपुरकोट, सल्लीजार लगाएतका क्षेत्रमा यसपटक भिड कम छ ।

बालबालिका तथा यूवा पुस्ताले अबिर र पिचकारी खेले पनि अभिभावकहरुले घरमै बसेर रङ्ग, अबिर साटेका छन् ।


तस्वीर : बामदेव केसी,सल्यान टुडे

प्रतिक्रिया दिनुहोस