मुलाखोला खानेपानी आयोजना सम्पन्न, उद्घाटनपछि स्थानीय हर्षित

सल्यान २९, फागुन ।

सल्यानको शारदा नगरपालिका वडा नम्बर ६ मा लिफ्ट सिस्टमबाट खानेपानी पुगेपछि स्थानीय हर्षित भएका छन् । मुलाखोला लिप्mट खानेपानी आयोजनाको बुधबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । यस आयोजनाबाट वडा नम्बर ६ का करिब २ सय ७५ घरधुरी लाभान्वित भएका छन। १३ सय मिटर दुरीबाट साढे तीनसय किलोमीटर भर्टिकल हाइटमा लिप्mट सिस्टम बाट खानेपानी पुर्याउनेकाम करिब ५५ लाखको लागतमा सम्पन्न भएको वडा नम्बर ६ का वडा अध्यक्ष भिकराज बुढाथोकीले जानकारी दिनुभयो ।

लामो समयसम्म खानेपानीको चरम समस्या भोग्दै आएका यहाँका स्थानीयहरु गाउँमै पानी पुगेपछि खुशी भएका हुन् ।गाँउमा खानेपानी नहुदाँ डेढ दुई घण्टा टाढा बाट डोकोमा गाग्री बोकेर खानेपानी ल्याउनु पर्ने बाध्यता टरेको बताउँदै ६७ वर्षीया बाटुली नेपालीले अब भने खानेपानीको समस्या टरेको भन्दै हर्षित हुनुभयो ।

पिउने पानी मात्रै नभएर सरसफाई गर्ने, घरायसी काममा प्रयोग गर्ने र बस्तु भाउलाई समेत खुवाउनु पर्ने भएकाले दैनिकी खानेपानी ओसार्दैमा बित्ने गरेकाले धेरैजसो समयमा खान समेत नपाइएको उहाँले बताउनुभयो । इन्द्रा कुमारी डाँगीले गाउँका सबैजसोले एउटै धाराबाट पानी भर्नु पर्ने कारणले अधिकाँस समय धारामै बित्ने गरेको बताउनुभयो । सुत्केरी भएको समयमा होस वा विद्यालय जाने बालबालिका कसैलाइ पनि पालोभन्दा अगाडी पानी भर्न नपाइने भएकाले उनिहरुले समेत धेरै दुख पाउने गरेको उहाँले बताउनु भयो । राती तीन बजेको पानीको मुहानमा जाने र त्यहाँबाट करिब सातबजे तिर मात्रै घरमा आउने गरेको बताउँदै उहाँले अब गाउँमा पानी आएसंगै असहाय परिवारलाइ धेरै राहत हुने भएकाले धेरै खुशी भएको उहाँले बताउनुभयो ।


कार्यक्रमको उद्घाटनमा बोल्दै शारदा नगरपालिका प्रमुख शुरेस अधिकारीले लिप्mट सिस्टमबाट खानेपानी आयोजना सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै अब स्थानीयले यस्को संरक्षणमा जोड दिनुपर्ने बताउनु भयो । आफुले निर्वाचनको समयमा स्थानीय संग गरेको कुरा पुरा गरेको विश्वास दिलाउँदै आगामी वर्षमा शिक्षा र स्वास्थ्यमा समेत लगानी बढाउने प्रतिबद्दता व्यक्त गर्नुभयो ।
शारदा नगरपालिका उप प्रमुख सावित्रा बस्नेतले महिलाहरुले खानेपानीको अभावमा कसरी सामना गरेको हुन्छ त्यो आफुलाइ महसुस भउको बताउँदै अब दुखका दिनको अन्त्य भएको बताउनु भयो । नगरपालिकाले संचालन गरेको यस आयोजनाबाट यहाँका सबै स्थानीयले राहत महसुस गर्ने उहाँको भनाइ थियो ।
खानेपानीको लामो समय देखी समस्या हुन थाले पछि अहिले शारदा नगरपालिकाले वडा नम्बर ६का विभिन्न वडाहरु समेटेर लिप्mट खानेपानी ओजना सम्पन्न गरेको छ ।


उहाँले यस आयोजनालाइ सम्पन्न गर्न सहयोग गर्ने स्थानीयवासी,नगरपालिका, जग्गादाता र समय अघावै काम गर्ने भगवती कन्ट्रक्सनका प्रोपराइटर जिमजियाँग राइलाइ धन्यवाद सहित सम्मानित गर्नुभयो । अबको केही महिनाभित्रै घरघरमा पानीको धारा पुर्याउने समेत उहाँले प्रतिबद्दता व्यक्त गर्नु भएको छ ।

२०७६ असारमा सम्झौता भइ एक वर्ष भित्र काम सक्नेगरि नगरपालिकासंग सम्झौता भएको बताउँदै भगवती कन्ट्रक्सनका प्रोपराइटर जिमज्याँग राइले लिप्mट खानेपानी आयोजनाको काम समयभन्दा अगाडीनै सम्पन्न गर्न सफल भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस