भेरी नदिमा र्याप्टीङ्गको सफल परिक्षण

दुर्गा वि.सी ,

सल्यान १ चैत्र ।
भेरी नदिमा जलयात्रा सम्भाव्यता अध्यान गरिएको छ । बनगाड कुपिण्डे नगरपालीकाको भेरी नदि पुल देखि नगरको सिमाना रैकर वजार धारापानी सम्मको जल यात्रा परिक्षण गरिएको छ । २ वटा र्याप्टीङ्ग २२ जना यात्रा वोकेर कर्णाली र्याप्टीङ्ग एडभेन्चर प्रालीले भेरी नदिमा जलयात्राको परिक्षण गरेको छ । साथै नगरको उक्तm क्षेत्र भेरी नदि किनारमा होम स्टे र कटेजहरुको खोल्नको लागि स्थान अध्यायन गरिएको छ । पर्यटनसँगै निक्कै महत्व वोकेको भेरी नदिमा र्याप्टीङ्ग झनै पर्यटकहरुका लागि राम्रो गन्तव्य मानिन्छ । बनगाड कुपिण्डे नगरपालीकाको पहलमा र्याप्टीङ्ग जल यात्राको लागि आज परिक्षण गरिएको छ । सल्लीवजारका व्यापारि नगर उप प्रमुख मञ्जु यरी,प्रमुख प्रशासकिय अधिकृत मोहन खड्का,वडा अध्यक्ष शान्त कुमार यरी,टेकवहादुर पुन र र्याप्टीङ्ग पर्यटन व्यवसायी शंकर यरी,दिपक यरि लगाएतको टोलिले भेरी नदिमा र्याप्टीङ्ग परिक्षण गरिएको छ । जल यात्राको लागि जोखिम वहन कम गर्ने साधान हेलमेट,प्याडल र ज्याकेट लगाएको टोलि भेरी नदिमा र्याप्टीङ्ग गरिरहेको दृश्य भेरी नदि किनारका स्थानीयले रमाईलो गरि हेरीरहेका थिए । नगरको पर्यटन प्रवद्धनसँग जोडिएको भेरी नदिमा र्याप्टीङ्ग अत्यन्तै सम्भावना वोकेको व्यवसायका रुपमा चिनिएको छ । भेरी नदिमा पर्यटन प्रवद्धनको लागि र्याप्टीङ्ग नगरको अर्को आय स्रोतका रुपमा लिन सकिने नगरपालीकाको भनाई छ । नगरले योजना वनाई यो कामलाई पनि प्राथामिकतामा राखेको छ । बनगाड कुपिण्डे नगरको क्षेत्र भित्र भेरी नदिमा यो व्यवसायी फस्टाउने पर्यटन व्यवसायी देवराम जैसीको भनाई छ । नगरले यो क्षेत्रमा योजना वनाई काम गरे फाईदा हुने जनाएको छ । पहिलो दिन नगरको भेरी पुल देखि सिमाना रैकर धारापानी सम्मको र्याप्टीङ्ग परिक्षण गरिएको छ भने दोस्रो दिनमा जाजरकोट फेरा देखि भेरी पुल सम्मको अध्यायान अवलोकन गर्ने जनाएको छ

प्रतिक्रिया दिनुहोस