शब्द/तस्वीरः बामदेव केसी,
सल्यान १,चैत । सल्यान जिल्ला सम्भावनाको खानी हो । कृषि, वन, उद्योग जस्तै सल्यानमा पर्यटन क्षेत्रका पनि थुप्रै सम्भावना छन् । सल्यानलाई चिनाउन हामीले सल्यान सहित आसपासका तस्विरहरु संकलन गरेर सल्यानमा टुडेमा स्थान दिदैँ आएका छौँ । सल्यानका बिभिन्न परिवेश र ठाँउमा संकलन गरिएका साताका सात उत्कष्ट तस्वीरहरु ।
गाउँघर
तस्बिरमा देखिएको गहुँ बारी, बिचमा प्राथामिक स्वास्थ्य केन्द्र थारमारे, नजिकै सुन्दर सल्लेरी पाखाहरु, माथि कुमाख लेक ।
हिउँले ढाकिएको यो सुन्दर लेक सानू कुमाख बागचौर नगरपालिका बाफुखोला सल्यानको हो ।
समय परिवर्तन संगै सल्यानमा अहिले निकै कम मात्रामा यस्ता पानी घट्ट देखिन्छन् ।
छत्रेश्वरी गाउँपालिका सल्यानको केन्द्रबिन्दुमा रहेको सुन्दर ठाउँ भोटेचौर ।
यो सुन्दर प्राकृतिक चिनारियो बागचौर नगरपालिका बागचौर सल्यानको हो ।
समुन्द्री सतह बाट २ हजार ५ सय ३७ मिटर उचाइमा रहेको सल्यान जिल्लाकै दोस्रो ठूलो लेक, कुमाख लेकमा हिउँ पर्दा यस्तो देखियो । जुन लेक कुमाख गाउँपालिका सल्यानमा अबस्थित छ ।