सल्यानको शारदा नदीमा डुबेर एक जनाको मृत्यू

सल्यान १, चैत्र ।
सल्यानको शारदा नदीमा डुबेर एक जनाको मृत्यू भएको छ । जिल्लाको कालीमाटी गाउँपालिका वडा नम्बर २ भुतेतालका ४२ वर्षीय विष्णु नेपालीको शुक्रबार राति शारदा नदीमा डुबेर मृत्यू भएको हो । शारदा नदीमा पारा गर्दा डुबेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

फाइल तस्वीर

आज बिहान नदीछेउ ढुंगामा घोप्टो परेको अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाइ खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको सल्यान प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस