दुर्गा बिसी,
सल्यान २, चैत्र ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका नगर शिक्षा शाखाले परिक्षा अनुगमनलाई तिव्रता दिएको छ । नगरका विभिन्न विद्यालहरुमा जारी वार्षिक परिक्षा कसरी चलेको छ भनेर नगर शिक्षा शाखाले अनुगमन गरिरहेको नगर शिक्षा अधिकारी चक्रवहादुर रावतले जानकारी दिनु भएको छ । शाखाले ३ देखि ९ कक्षा सम्मको प्रश्न पत्र र कक्षा ५ र ८ को उत्तर पुस्तिका देखी प्रश्न पत्रको जिम्मा लगेको थियो ।
आज मात्रै खरेखोलामा रहेको कृष्ण प्रावि, भैरवी निमावि वेलखोला र मुक्ति मावि हिलेपोखरिमा पुगेर परिक्षा अनुगमन गरेको जनाएको छ । नगरमा शिक्षा सुधारका लागि पहिले शिक्षण सिकाइ सुधारसँगसँगै परिक्षा प्रणालीमा पनि सुधार हुन आवश्यक रहेको कुरा औंल्याएको छ । नगर परिक्षा समितिको टोलिले नगरका विभिन्न स्थानको परिक्षा अनुगमन गरिरहेको छ । कोरोना त्रासका कारण र सरकारी निर्देशन अनुसार नगरका सामुदायिक तथा सँस्थागत विद्यालयमा बार्षिक परिक्षा फाल्गुन २८ वाट सञ्चालन भएको थियोे ।