भवानी बुढाथोकी,
सल्यान २, चैत्र ।
विश्व उपभोक्ता अधिकार दिवस सल्यानमा पनि मनाइएको छ । उपभोक्ता हित संरक्षण मञ्च जिल्ला शाखा सल्यानको आयोजनामा आज खलंगामा सरोकारवालाहरु संगको अन्तरसम्वाद कार्यक्रम सम्पन्न भएको हो ।
दिवशका अबशरमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शिबराम पोखरेलले उपभोक्ता सचेत नहुँदा ठगिने गरेको बताउनु भएको छ । सामान गुणस्तरको हो कि होइन बुझ्ने, बिल माग्ने, उपभोग्य मिति हेर्ने, अधिकतम खुद्रा मूल्य भन्दा बढी लिएको छ कि हेर्ने यति गर्दा नै उपभोक्ता ठगिनबाट जोगिने उहाँको भनाई छ ।
यस्तै उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका प्रमुख नृप जंग शाहीले बजार अनुगमनलाइ प्रभावकारी ढंगले अघि बढाएर उपभोक्तालाइ ठगिनबाट जोगाउन अनुरोध समेत गर्नुभयो । सो अबशरमा बोल्ने सहभागीहरुले बजार अनुगमनको कामलाइ नियमित गर्न पनि सुझाव दिएका छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानका अध्ययक्ष प्रतिक इच्छुक शर्मा, गैरसरकारी संस्था महासंघ सल्यानका अध्ययक्ष दिपेन्द्र शाही, मानव अधिकारीकर्मी रामचन्द्र रेग्मी लगाएत बिभिन्न संघसंस्थामा आवद्ध प्रतिनिधि, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।