सल्यान ३, चैत्र ।
सल्यानमा पूर्णस्तनपान गराउने आमालाई सम्मान गरिएको छ । जिल्लाको शारदा नगरपालिका वडा नं. ११, स्यालामा पूर्ण स्तनपान गराउने १००० दिने आमालाई सम्मान गरिएको हो । फुलबारी महिला स्वास्थ्य आमा समूहको सक्रियतामा सम्मान गरिएको महिला स्वास्थ्य स्वयंसेबिका थुमा कवरले जानकारी दिनुभयो ।
सम्मान कार्यक्रममा बोल्दै शारदा नगरपालिकाका प्रमूख सुरेश अधिकारीले कुनै पनि बालबालिका पोषिलो हुनका लागी आमाको स्तनपान एक मात्र सर्बसुलभ र सर्बप्रिय भएको बताउनुभयो । शारदा नगरपालिकामा पूर्ण स्तनपान गराउने ५७ प्रतिशत मात्र रहेको बताउदै उहाँले आगामी दिनमा पूर्ण स्तनपान गराउनेको प्रतिशत बढाउनका लागी नगरपालिकाले पूर्ण स्तनपानलाई नीतिमा समाबेश गराई अगाडी जाने वताउनु भयो ।
यस्तै कार्यक्रममा बोल्दै दलित बिकास समाज, सल्यान सुआहारा कार्यक्रमका फिल्ड संयोजक तोरण बहादुर बुढाथोकीले अभैm पनि समाजमा परम्परागत चलन अनुसार वालवालिकाहरुलाई ६ महिना नपुग्दै आमाको दुध बाहेक अन्य खानेकुरा खुवाउने चलन रहेको बताउनुभयो ।
यसलाई कम गर्नको लागी कार्यक्रमले बिभिन्न माध्ययम जस्तै घरभेट, आमा समूह बैठक, गाउघर क्लिनिक, खोप क्लिनिक, भन्छिन आमा रेडियो कार्यक्रम आदीबाट बच्चाको आमा तथा घरपरिवारका सदस्यहरुलाई परामर्श गरिरहेको उहाँको भनाई छ ।
कार्यक्रममा वडा नं. ११ का वडाध्यक्ष रामसिंह बुढाथोकी, स्वास्थ्य चौकी हिवल्चाका अहेव नन्दलाल केसी लगाएतले बोल्नु थियो । कार्यक्रममा शारदा नगरपालिका वडा नं. ११, स्याला निबासी चन्द्र बहादुर कवर र पुष्पा कवरको छोरा देवराज कवरलाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन महिला स्वास्थ्य स्वयंसेबिका थुमा कवरले गर्नु भएको थियो ।