लागूऔषध सहित रुकुमका २ यूवती सल्यानमा पक्राउ

सल्यान ५, चैत ।
सल्यान प्रहरीले लागूऔषध सहित २ यूवतीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानले सञ्चालन गरेको यात्रुहरुसँग २ मिनेट कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गर्ने क्रममा मंगलबार नेपालगञ्जबाट रुकुम जाँदै गरेको भे १ ख ३११४ नम्बरको फोर्स सवार गाडी सल्यानको त्रिबेणी गाउपालिका ६ स्थित राप्ती लोकमार्गमा चेकिङ्गका क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।


पक्राउ पर्नेमा रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ बस्ने २० बर्षिया रुपा वली र सानोभरी गाउपालिका वडा नम्बर ३ बस्ने २२ बर्षिया ओकमाया पुन रहेको बुधबार आज जिल्ला प्रहरी कार्यालय परिसरमा पत्रकार सम्मेलन गरी निमित्त कार्यालय प्रमुख, प्रहरी निरिक्षक लक्ष्मण ओलीले जानकारी दिनुभयो ।

चेकिङ्गका क्रममा लागूऔषध सेवन गरेको शंका लागेपछि उनीहरु बसेको स्थान र उनीहरुको शरिर रितवूर्पक खानतलासी गर्दा रुपा वलीको शरिरबाट नाईट्राभेट ३० वटा ट्याब्लेट र ओकमाया पुनको शरिरबाट नाईट्राभेट ६० वटा ट्याब्लेट, ३ ग्राम गाँजा र लागूऔषध सेवन गर्न बनाईएको प्लाष्टिकको डिब्बा एक थान वरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई लागूऔषध ऐन २०३३ वमोजिम जिल्ला अदालतबाट १५ दिनको म्याद थप अनुमती लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस