दूध बेचेर मासिक रु. ५० हजार कमाई

दुर्गा बिसी,
सल्यान ६, चैत्र ।
सल्यानको पश्चिमी क्षेत्रका एक किसानले भैँसीपालनबाट मनग्य आम्दानी गर्दै आउनभएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर १ का केशब बस्नेतले भैँसीपालन बाट राम्रो आम्दानी गर्दै आउनुभएको हो । यूवा शक्ति सवै विदेशीने क्रम चलिरहेको वेला वस्नेत भने गाउँमै केहि गर्नुपर्छ भनेर बैंकबाट ऋण लिएर व्यवसायीक भैसीँ पालनमा जुट्नुभएको छ ।


करिब १५ लाख रुपैँया बढी लगानी गरेर भैँसीपालन गर्न थालेको उहााले बताउनुभयो । ५ वटा भैसी र ३ वटा पाडा रु. ५ लाखमा खरिद गरेको उहाँले बताउनुभयो । भैसीँ खरिद र आधुनिक गोठ निर्माणमा १५ लाख रुपैँया खर्च भएको उहाँको भनाई छ । उनीसँग अहिले स्थानिय जातको र मुर्रा जातका भैसीँ छन् । भैँसीले दैनिक रुपमा ३० लिटर भन्दा बढी दूध दिने गरेका छन् ।

भैसीँको दूध वेचेर मासिक रु.५० हजार आम्दानी भैरहेको बस्नेतको भनाई छ । दैनिक १८ सय रुपैँया दूध विक्रिबाट आम्दानी भैरहेको छ उहाँले भन्नुभयो । उहाँले भैँसीपालन ब्यबसायलाई ब्यबस्थित बनाउन घाँसपातको लागि १५ रोपनी खेतबारी भाडामा समेत लिएको बताउनुभयो ।  वस्नेतले बनगाडी भैसीँ पालन फर्म दर्ता गरेर नै भैसीँपालन व्यवसाय शुरु गर्नुभएको हो ।


ब्यबसाय सञ्चालनको लागी कुनै पनि निकायले सहयोग नगरेको उहाँको गुणासो छ । राज्यले ब्यबसायी रुपमा ब्यबसाय गर्न चाहाने किसानहरुलाई सहुलियतमा ऋण उपलब्ध बनाउनुपर्ने उहाँको भनाई छ । केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारका किसान लक्षित कार्यक्रम कागजमा मात्रै सिमित भएको तर व्यवहारमा नभएको किसानको गुणासो छ ।

प्रतिक्रिया दिनुहोस