एसईई स्थगित हुदाँ बिद्यार्थीलाई आर्थिक भार, घर फर्कन समस्या

 

दुर्गा बिसी, 

सल्यान ६, चैत्र ।

सल्यान जिल्लाका ४ हजार ९ सय विद्यार्थीहरुले २३ वटा परीक्षा केन्द्रबाट एसईई दिने तयारी गरिरहेका थिए । तर अन्तिममा परीक्षा स्थगित भएपछि उनीहरु निराश छन् । सरकारले दुई–तीन दिन अगाडि नै परीक्षा स्थगित गरिदिएको भए आफूहरुले दुःख नपाउने र खर्च पनि जोगिने सल्यानका अधिकांश विद्यार्थी, अभिभावक र शिक्षकहरुको धारणा छ ।

परिक्षा स्थगित भएपछि सदरमुकाम खलंगा सँगै श्रीनगर, थारमारे तथा जिल्लाको पश्चिम क्षेत्रमा एसइई दिन पुगेका सबै विद्यार्थी घर फर्किन थालेका छन् । उनीहरुले सरकारले तत्काल निर्णय गर्नु गलत भएको बताउदैँ बरु ३÷४ दिन पहिले यो निर्णय गरेको भए सजिलो हुने बताएका छन् । परिक्षाको सबै तयारी पुरा भैसके पछि विद्यार्थी परिक्षा केन्द्रमा पुगि सकेकाले परिक्षा स्थगित हुदाँ अभिभावकलाइ थप खर्च थपिएको छ ।

‘हामीहरु सबै होटेलमा बसेका छौँ, हाम्रो अनावश्यक खर्च भयो,’ बिहीबार बिहान सल्यान टुडे संग कुराकानी गर्दै एक बिद्यार्थीले भन्नुभयो ‘सार्नु पर्ने अवस्था थियो भने कम्तिमा दुई दिन अगाडि नै सारेको भए हुन्थ्यो ।’ अन्तिम समयमा भएको पढाई स्थगितले समस्या बनाएको बिद्यार्थीको भनाई छ ।

‘परिस्थिति यस्तै आएपछि परीक्षा सार्नु त स्वाभाविकै हो, तर अलि एक–दुई दिन पहिले निर्णय गरेको भए विद्यार्थीहरुले अनावश्यक खर्च गर्नुपर्ने थिएन्’ प्रभावकर माद्यामिक बिद्यालय केन्द्र देवस्थलका केन्द्राध्यक्ष शिखर कुमार यरीले भन्नुभयो । अब विद्यार्थीहरुले घरमै बसेर स्वयं पढाइ जारी राख्नुपर्ने उहाँको भनाई छ । ‘अब फेरि एक ठाउँ जम्मा गरेर कक्षा चलाउने अवस्था पनि रहेन, विद्यार्थी आफैं सचेत हुनुपर्छ आफ्नो पढाइप्रति ।’

घर फर्कने गाडी नपाउदाँ समस्या

सल्यानको पश्चिमी क्षेत्रका बिभिन्न परिक्षा केन्द्रहरुमा परिक्षा दिन पुगेका बिद्यार्थीहरु घर फर्कने साधन नपाएपछि समस्यामा परेका छन् । बन्गाड कुपिण्डे नगरपालिकाको कुपिण्डे माझकाडा बामे लगाएतका स्थानबाट विद्यार्थी नगरको केन्द्र नजिकै परिक्षा दिन आएका थिए । तर आवतजावत गर्ने साधान नपाउदा केही विद्यार्थी अलपत्र परेका छन् ।

गाडी नपाउँदा बामे, कुपिण्डे, माँझकाँडा, लेखसँग्रही र स्वीकोट नेटा जाने विद्यार्थीहरु पैदल घर फर्कन बाध्य भएका छन् । स्थानीय निकायले समेत विद्यार्थीको आवतजावत सहजताका लागि केही पहल नगरको विद्यार्थीको गुणासो छ । पश्चिम क्षेत्रका ३ परिक्षा केन्द्रबाट ४ सय ९५ जना विद्यार्थी एसइईमा सहभागी हुदैँथिए ।

प्रतिक्रिया दिनुहोस