दुर्गा बिसी,
सल्यान ८, चैत्र ।
बिश्वभर फैलदैँ गएको कोरोना भाईरसको जोखिमलाई मध्यनगर गर्दै सल्यानको पश्चिमी क्षेत्रमा अबस्थित बनगाड कुपिण्डे नगरपालिकाले कर्मचारी र सेवाग्राहीलाई सावुनपानीले हातधुने व्यवस्था गरेको छ । नगरपालिकाले सेवा लिनुपूर्व सेवाग्राहीले अनिवार्य रुपमा सावुनपानीले हात धुनुपर्ने नियम बनाएको छ । बिगत केही दिन देखी स्वास्थ्य केन्द्र देवस्थल लगाएत नगरका विभिन्न स्वास्थ्य संस्थाहरुमा पनि सेवा लिन आउने सेवाग्राहीले नियमित रुपमा सावुनपानीले हात धुनुपर्दछ ।
सेवाग्राही सेवा लिन आउदा र सेवा लिएर फर्कदा सावुन पानीले हात अनिवार्य धुने ब्यबस्था गरिएको स्वास्थ्य शाखा संयोजक वासुदेव पोख्रेलले जानकारी दिनुभएको छ । उहाँले सेवा लिन आउने सबै सेवाग्राहीलाई कोरोना भाइरसको लक्षण, बच्ने उपायका बारेमा समेत सचेत बनाउदैँ आएको बताउनुभयो ।
प्रमुख प्रशासकिय अधिकृत मोेहन खड्काका अनुसार कोरोना भाइरस वारे नगरवासीलाई सचेतिकरण गर्न वडाकार्यालय, स्वास्थ्य संस्था तथा अन्य सरकारी एवम् गैरसरकारी संस्थाहरुको प्रवेशद्धारमा ब्यानर राखिएको छ भने नगर भित्रका सम्पूर्ण बिद्यालय बन्द गरिनुका साथै सभा, भेला, गोष्ठी लगाएतका कार्यक्रम नगर्न निर्देशन दिईएको छ । यस्तै नियमित सावुनपानीले हात धुन, भिडभाडमा नजान, राम्ररी पकाएर मात्रै खानेकुरा खान नगरपालिकाले आग्रह गरेको छ ।