शब्द/तस्वीरः बामदेव केसी,
सल्यान ८ चैत ।
सल्यान जिल्ला सम्भावनाको खानी हो । कृषि, वन, उद्योग जस्तै सल्यानमा पर्यटन क्षेत्रका पनि थुप्रै सम्भावना छन् । सल्यानलाई चिनाउन हामीले सल्यान सहित आसपासका तस्विरहरु संकलन गरेर सल्यानमा टुडेमा स्थान दिदैँ आएका छौँ । सल्यानका बिभिन्न परिवेश र ठाँउमा संकलन गरिएका साताका सात उत्कष्ट तस्वीरहरु ।
रुकुम जिल्लामा पर्ने सिस्ने हिमाल ।
सल्यानको बागचौर नगरपालिका को केन्द्रबिन्दु बागचौर बजार ।
सल्यानको पश्चिी क्षेत्रमा अबस्थित भेरी नदिमा ¥याफ्टिङ्गको परिक्षण गरिदैँ । तस्वीरः दुर्गा बिसी,
बागचौर नगरपालिकाले निर्माण गर्दैगरेको अग्ला टाकुरा भ्यू टावर ।
सल्यान शारदा नगरपालिका वडा.न १४ मा पर्न सुन्दर बस्ती ढारखानी । अदुवाका लागि यो ठाउँ नेपाल कै प्रख्यात ठाउँ मानिन्छ ।
तस्बिरमा देखिएको यो मनोरम दृश्य त्रमश तलबाट नयाँ बसपार्क, थापागाउँ, बिचमा भिमेसनथान , माथि पट्टि जिल्ला प्रशासन कार्यालय सल्यान आसपासको दृश्य ।
सल्यानको बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर ११ को आँपचौर पिपल चौतारा । पोखरी, गाँउबस्ती अनि हिउँचुली पनि । तस्वीरः दुर्गा बिसी,