असिनापानीले सल्यानमा रु.२ करोड ३० लाखको तरकारी क्षती

सल्यान १०, चैत ।
असिनापानीका कारण सल्यानका किसानले लगाएतको २ करोड ३० लाखको तरकारी क्षती भएको छ । एक साता अघि जिल्लाका बिभिन्न स्थानमा परेको असिनपानीका कारण किसानले राखेको तरकारीको ब्याड सहित तरकारी २ करोड ३० लाखको क्षती भएको कृषि बिकास कार्यालय सल्यानले जनाएको छ ।


जिल्लाको कपुरकोट गाउपालिका, बागचौर नगरपालिका, दार्मा गाउपालिका र कुमाख गाउपालिकाका किसानले लगाएतको तरकारीमा असिनापानीले क्षती गरेको कार्यालयका सुचना अधिकारी रेशम कुमार बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार किसानले खेती गरेको बेमौषमी तरकारी अन्र्तगत गोभी, काउली, गोलभेडा, काँक्रा, फर्सी, केराउ लगाएतमा क्षती गरेको छ ।

जिल्लाकाभरका करिब ४ सय ५० बढी किसानहरुले लगाएको तरकारी खेतीमा असिनापानीले क्षती गरेको हो । गत बर्ष जस्तै असिनापानीले यस बर्ष पनि क्षती बेहोरेका किसानहरुले अझै राहत पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस